काठमाडौं : मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको चिकित्सकहरूले बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर छ हजार ४६१ जना सक्रिय सङ्क्रमित रहेका र १०८ जना क्वारेन्टिनमा बसेका छन् ।
पछिल्ला २४ घण्टामा ८८ हजार ५६६ जनाले कोभिड–१९ विरुद्ध खोप लगाएका उक्त मन्त्रालयले बताएको छ ।
खोप अभियान सुरु भए यता तीन करोड ७७ लाख २१ हजार ८८६ मात्रा खोप लगाइसकिएको छ भने एक करोड ८५ लाख २७ हजार १९० जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
एक करोड ७८ लाख ७६ हजार २२३ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । आजसम्ममा १३ लाख १८ हजार ४३७ जनाले खोपको अतिरिक्त मात्रा पनि लगाइसकेका छन् ।
मुलुकमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९४७ पुगेको छ ।