• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

चितवनमा बर्डफ्लु फैलिंदै, पाँच हजार कुखुरा मारियो

चितवन : चितवनमा बर्डफ्लु भाइरसको संक्रमण बढ्दै जान थालेपछि पाँच हजार कुखुरा नष्ट गरिएको छ ।

भरतपुर महानगरपालिका-८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिले सञ्चालन गरेको फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएपछि सबै कुखुरा नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा. प्रभात न्यौपानेले बताए ।

उनका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अण्डा नष्ट गरिएको हो । ‍तीनवटा खोर रहेको सो फर्मको कुखुरा लगातार मर्न थालेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको थियो ।

एउटा खोरमा २१ महिनाका एक हजार ५०० कुखुरा रहेकोमा मरेर ४६ वटा बाँकी रहेको, दोस्रोमा सात महिनाका दुई हजार ४०० कुखुरा राखिएकोमा मरेर २३२ बाँकी रहेको र तेस्रोमा २८ दिनका पाँच हजार १०० कुखुरा राखिएकोमा मरेर पाँच हजार २७ बाँकी रहेको केन्द्रका प्रमुख डा. न्यौपानेले जानकारी दिए ।

यस्तै भरतपुर पंक्षी ल्याबका प्रमुख चेननारायण खरेलले पहिलाको भन्दा अहिले शंकास्पद केसहरु बढी आइरहेको बताए । ‘एक/दुई दिन बिराएर १२ वटा केसहरु आइरहेका छन्, कुखुरा खोरमा धेरै मरेपछि स्याम्पल ल्याइएको छ ।’ उनले भने, ‘हामीले एभियन इन्फ्लुन्जा र्‍यापिड टेष्ट गछौं, त्यो गर्दा पोजेटिभ आएपछि केन्द्रमा एच५एन१ परीक्षणका लागि पठाउँछौं।’

उनले थप दुईवटा फर्ममा पनि बर्डफ्लु हुनसक्ने आशंका लागेको त्‍यहाँको स्याम्पल केन्द्रीय प्रयोगशालामा परिक्षणका लागि पठाइएको बताए ।

केही दिनअघि जिल्लाकै राप्ती नगरपालिका–६ मा रहेको अनिता पशुपन्छी कृषि फर्ममा बर्डफ्लु देखिएको थियो । चितवन र काठमाण्डौंका केही फर्ममा बर्डफ्लु देखिएपछि सरकारले ती क्षेत्रलाई बर्डफ्लू संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

पोल्ट्रीको राजधानी मानिने चितवनमा पुनः बडफ्लु फैलिएपछि व्यावसायीहरु चिन्तित बन्न थालेका छन् । पोल्ट्री विज्ञ एवम् पञ्चरत्न फिड्सका प्रमुख डा. तिलचन्द्र भट्टराईले जिल्लामा ठूलो संख्यामा कुखुरा भएकाले उच्च सावधानी अपनाउन कृषकलाई अनुरोध गरेको बताए । उनले पहिलाको भन्दा मोर्टालिटी दर कम भएपनि सावधानी अपनाउन किसानहरुलाई सुझाव दिएको बताए ।

चराचुरुङगी, मान्छे तथा खोरमा काम गर्ने व्यक्ति, कुखुराजन्य पदार्थ बोक्ने सवारी साधानबाट खोरमा संक्रमण फैलिन सक्ने भएकोले विषेश सचेतना अपनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘ स्थानीय फर्म तथा हाँस प्रजातिबाट बर्डफ्लू कुखुरामा सरेको देखिएको छ । चराचुरुङगी, मान्छे तथा खोरमा काम गर्ने व्यक्ति, कुखुराजन्य पदार्थ बोक्ने सवारी साधानबाट बर्ड फ्लु फैलिन सक्छ। सावधानी र सतर्क रहौं ।’

चितवनमा साना ठूला गरी १० हजार बढी पोल्ट्री फार्म, सय बढी ह्याचरी, ५ सय लेर्यस फार्म र सयौं ब्रोइलर फार्म रहेका छन् भने एक लाखदेखि ३ अर्बसम्मको पोल्ट्रीजन्य लगानीका फर्म तथा व्यावसायी छन् ।

  • कुखुरा
  • चितवनमा
  • पाँच हजार
  • फैलिंदै
  • बर्डफ्लु
  • मारियो
बिहिबार, फागुन १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.