काठमाडौं : भारत, झारखन्डको भुवनेश्वर प्रहरीले दुई, तीन वा दस नभई २७ जना महिलासँग विवाह गरी लुट्ने ६६ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
६६ बर्षिय ती बृद्धले आफूलाई डाक्टर भन्ने गर्थे, धेरै शिक्षित र बुद्धिजीवी महिलाहरुलाई उनले ठगेका छन् ।
विवाह गरेर उनले लाखौं ठगी गरेको बताइएको छ । ती ठगले जीवनसाथी डटकम र सादी डटकमजस्ता वैवाहिक अनलाइन साइटहरू मार्फत महिलाहरूलाई लक्षित गर्थे । त्यसरी महिलाहरुको पैसा लुट्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
ती व्यक्तिलाई प्रहरीले १३ फेब्रअरीमा पक्राउ गरेको थियो । प्रहरीले झण्डै आठ महिनादेखि उनको खोजी गर्दै अनलाईन कारोबारमा निगरानी गरिरहेको थियो । विभु प्रकाश स्वैन नामका यी व्यक्ति ५ फिट २ इन्च अग्लो छन् । जसको काटेको र बाक्लो जुँगा छ ।
जब प्रहरीले उनीसँग सोधपुछ गर्यो तब थाहा भयो कि उनी ओडिशाको सबैभन्दा ठूलो ठगमध्ये एक हुन् । उनले १० राज्यमा कम्तिमा २७ जना महिलासँग विवाह गरेको बयान दिएका छन् ।