काठमाडौं : नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा ओमानलाई ६ विकेटले पराजित गरेको छ । नेपालले १ सय ३६ रनको लक्ष्य ३ बल अगाडि १ सय ३७ रन बनाउँदै पूरा गरेको थियो ।
दीपेन्द्रसिंह ऐरीले अविजित अर्धसतक बनाएपछि नेपालले जितेको हो । दिपेन्द्रले ५३ बलमा ८ चौका र एक छक्का प्रहार गरे ।
टी–ट्वान्टीमा दिपेन्द्रको सर्वाधिक रन हो । यस अघि उनले ६० रन बनाएका थिए ।
आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन प्रहार गरे । ओमानका कलिमुल्लाहले २ विकेट लिँदा खवार अलीले १ विकेट हात पारे ।