काठमाडौं : शिक्षण संस्था फागुन १ गतेदेखि खुल्ने भएका छन् । १२ वर्षमाथिका बालबालिकाका लागि नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको छ ।
कोभिड तेस्रो लहरका कारण माघको पहिलो हप्तादेखि विद्यालय बन्द छन् ।
पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।
यस्तै रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिमखाना लगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि पनि सीसीएमसीसीले सिफारिस गरेको छ ।