काठमाडौं : युगाण्डामा एचआइभी विरुद्ध चलिरहेको अभियानमा त्यहाँका युवाहरुले निकै बाधा सृजना गरिरहेका छन्।एक नयाँ अध्ययनमा भएको खुलासा
अनुसार त्यहाँका मोटरसाइकल र ट्याक्सी ड्राइभरहरुको क्रियाकलाप त्यहाँको लागि खतरनाक देखिएको छ।यहाँका चालकहरु पैसा लिनुको सट्टा ग्रा’ह’कसँग शा’री’रि’क स’म्ब’न्ध बनाइरहेका छन्। यो अध्ययन मेकरेरे विश्वविद्यालयको कलेज अफ एजुकेसन एण्ड एक्सटर्नल स्टडिजले गरेको
द गार्डियनको रिपोर्टमा उल्लेख छ युगाण्डामा मोटरसाइकल राइडरलाई स्थानीय भाषामा बोडा बोडा भनिन्छ।यहाँका अधिकांश युवक
यो जागिरमा छन्।अध्ययनका अनुसार २८१ मध्ये १२ प्रतिशत राइडल पैसा दिन नसक्ने आफ्ना ग्राहकसँग स’म्ब’न्धमा लि’प्त पाइए।
६५.७ प्रतिशतले पछिल्लो १२ महिनामा उनीहरुले १ भन्दा धेरै पार्टनरसँग सम्बन्ध राखेको स्वीकार गरेका छन्।अध्ययनमा २३ प्रतिशत युगाण्डाका
युवाले एकै समय एकभन्दा धेरै पार्टनरसँग सम्बन्ध राख्ने गरेको पाइयो।अध्ययनमा ५७.१ प्रतिशतले सम्बन्धको समयमा कण्डम प्रयोग नगरेको स्वीकार गरे।
शोधकर्ता लिलियन बबाजीले अध्ययनको नतिजा सार्वजनिक गर्दै भने ‘कैयौं पार्टनरसँग स’म्ब’न्ध बनाउनु जोखिम पूर्ण व्यवहार हो ।
खासगरी कण्डम बिना, किनकि यसबाट ए’चआइभी, अनिच्छित गर्भाधान र अन्य किसिमका संक्रामक रोग हुन्छन् ।’उनले यो अध्ययनका आधारमा युगाण्डाका युवालाई जिम्मेवार लागि जागरुक गर्नुपर्ने आवश्यकता भएको बताए।