काठमाडौँ :अब राष्ट्रिय परिचय पत्र नम्बर आफ्नै मोबाइल बाट लिन सकिने भए को छ । राष्ट्रिय परिचय पत्र नम्बर मोबाइल को म्यासेज, ह्वाट्सएप नम्बर बाट समेत लिन सकिने विभाग ले जनाए को छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जी करण विभाग ले एक सूचना प्रका शित गर्दै परिचय पत्र नम्बर उपलब्ध हुने प्रक्रिया सहित जान कारी दिए को छ । मोबाइल को म्यासेज, ह्वाट्स एप नम्बर बाट समेत प्रक्रिया गर्न सकिने विभाग ले जनाए को छ ।
विभाग ले १ नम्बर प्रदेश, बागमती, गण्डकी का लागि एउटा र २ नम्बर प्रदेश, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि अर्को नम्बर जारी गरे को छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जी करण विभाग ले काठमाडौं का सबै इलाका प्रशासन र स्थानीय तह बाट राष्ट्रिय परिचय पत्र को सेवा लिन सक्ने व्यवस्था मिलाउने भएको छ ।
राहदानी विभाग ले विद्युतीय राहदानी लिन का लागि मंसिर १ गते देखि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरे पछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायत ठाउँ मा ठूलो भीड लाग्ने गरे को थियो ।
राष्ट्रिय परिचय पत्र लिन काठमाडौं मा देखिए को पछिल्लो भीड भाड लाई दृष्टिगत गर्दै आइतबार देखि काठमाडौं का सबै इलाका प्रशासन र स्थानीय तह बाट पनि अनलाईन सेवा का लागि दर्ता स्टेशन थप गर्न लागिए को विभाग का निर्देशक ललित कुमार बस्नेत ले जानकारी दिनुभयो ।
सबै जिल्ला प्रशासन कार्यालयहरुमा विद्युतीय राहदानीको अनलाइन आवेदन लिने सेवा प्रारम्भ भइन सकेको ले राहदानी बनाउन काठमाडौं आउने नागरिकको हित र सुविधा लाई मध्यनजर गरी तत्काल का लागि बागमती प्रदेश को ललितपुर र भक्तपुर बाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवा ग्राही हरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था मिलाइए को बस्नेत ले जानकारी दिनुभयो ।
यस्तै ललितपुर, कर्णाली र सुदूर पश्चिम प्रदेशका अत्यावश्यक सेवा ग्राही हरु का लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेश का सेवा ग्राही का लागि नारायण हिटी दरबार परिसर (साविक) को राहदानी विभाग०मा व्यवस्था गरिए को उहाले बताउनुभयो ।