Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

यौन खेलौनाको व्यापार बढ्दो, सभासददेखि कलाकारमा यसको आकर्षण

काठमाडौं : पहिले पहिले बजारमा खुलेर कण्डम बेच्नै कठिन थियो । कण्डम बेच्न समस्या त होइन, तर खरिद गर्न आउनेहरु निकै संकोच मान्थे । त्यस्तो अवस्थामा सहजै व्यापार हुन कठिन थियो ।

अहिलेको खुला सोच विकास भइसकेको समाजमा त मान्छेले खुलमखुल्ला कण्डम किन्न लजाउने अवस्था छ भने ११ वर्षअघिको समय कस्तो थियो होला ?

त्यतिबेलाको चुनौतीपूर्ण बजारमा जोखिम मोलेर काठमाडौं पुरानो बसपार्कमा ११ वर्षअघि कान्तिपुर कण्डम हाउसको स्थापना गर्ने सञ्चालक समीर बोहोरा बताउँछन् ।
समाज बिस्तारै खुल्दै थियो । मान्छेले कृत्रिम यौन सम्पर्कका साधनहरुको खोजी गर्न थाले । उपभोक्ताको चाहना र आकर्षण बुझेपछि धेरै वर्ष कण्डम मात्रै बेचेकाहरुले पनि यौन खेलौना थप्न थाले । बोहोरा पनि बजार बिस्तारको लागि नभई ग्राहकहरुको आग्रहमा यौन खेलौना बिक्री गर्न थालेको बताउँछन् ।

यौन खेलौनाको बजार अहिले बिस्तारै बढिरहेको छ । यसको पछि चारवटा कारण रहेको बोहोराको बुझाइ छ ।पहिलो, पछिल्लो समय यौनको बारेमा बजार खुल्दै गयो । यो कुनै आडम्बर र अपराध नभएर प्राकृतिक कुरा हो भन्नेमा सहमत हुनेहरु बढ्दै गए ।

दोस्रो, यस्तो सामग्रीले मान्छेको यौन कुण्ठा मेटाउँछ भने जो पायो ऊसँग सम्पर्क गर्दा अनेक रोगहरु निम्तिने जोखिम पनि कम गर्छ ।

तेस्रो, वैदेशिक रोजगारीमा गएकाहरुले श्रीमानरश्रीमतीलाई होस् या आफैंलाई पनि यौन कुण्ठाका कारण दुर्घटना नहोस् भनेर यस्ता खेलौनाहरु किन्न थाले ।

चौथो, महिला तथा पुरुष साथी राखेर आफैँलाई अर्कोसँग समर्पित गर्नेभन्दा खुल्ला तरिकाले बाँच्न चाहने महिला तथा पुरुषले पनि अपनाउन थाले ।

न्यूरोडको भूगोल पार्कबाट पूर्वतर्फको गल्लीमा प्रवेश गर्दा दायाँतर्फ अवस्थित एक घरको दोस्रो तलामा छ, नाइस एण्ड नट्टी कण्डम हाउस । यो धेरै थरीको कण्डम एवं यौन खेलौना राख्ने पसलको रुपमा पनि चिनिन्छ । यसमा महिला र पुरुषको लागि थरीथरीका यौन खेलौनाहरु राखिएका छन् ।

त्यहाँका सञ्चालकका अनुसार पसलमा आएर यस्ता सामग्रीहरु कमैले खरिद गर्ने गर्छन् । बरु अनलाइनबाट यस्ता सामग्री खरिद गर्नेहरु बढी हुन्छन् । यस्तो गर्दा मान्छेले आफ्नो परिचय लुकाउन चाहन्छन् ।

सांसददेखि कलाकारसम्म नियमित ग्राहक

बबरमहलमा एउटा कार्यालय लिएर अनलाइन यौन खेलौना बिक्री गर्दै आएका सुदूरपश्चिम प्रदेशका सन्दिप चौधरी दोस्रो संविधानसभाकी एक सभासद नियमित यौन खेलौना लिन आउने गरेको सुनाउँछन् ।

उनले आफ्नो पहिचान पनि बताउँछिन् तर यसलाई बाहिर जानकारी नदिन आग्रह गर्ने गरेकी छन् । उनी सो पसलकी नियमित ग्राहक हुन् । उनी ३ र ४ महिनामा आउने र फरक–फरक यौन खेलौना लिएर फर्किने गर्छिन् वा अनलाइनबाटै मगाउने गर्छिन् ।

त्यस्तै, अर्की एक लोक दोहोरी गायिकाले पनि सोही पसलमा नियमित अनलाइनबाट यौन खेलौना मगाउने गरेको उनी सुनाउँछन् । तर उनले पनि आफूले लगेको सामग्रीबारे कसैलाई पनि जानकारी नदिन आग्रह गर्छिन् ।

यी सांसद र कलाकार जस्तै अरु धेरै नियमित ग्राहकहरु छन् । उनीहरु हरेकपटक फरक–फरक यौन खेलौना किन्छन् तर आफ्नो पहिचान बताउन चाहँदैनन् ।
चौधरी कतार एयरलाइन्सको केन्द्रीय कार्यालयमा कार्यरत थिए । उनले खाडीमा श्रीमान् हुने महिलाहरुका चाहना पूरा गर्न यौन खेलौना प्रभावकारी हुने निष्कर्ष निकाल्दै केही वर्षअघि नेपाल फर्किएर व्यवसाय सुरु गरेका हुन् । अहिले यस्ता खेलौनाको व्यवसाय अनलाइनमार्फत् फस्टाइरहेको उनी बताउँछन् । आफ्नो पहिलो ग्राहक महिला प्रहरी भएको बताउँदै उनी भन्छन्, ‘उहाँले जुन प्रडक्ट डिमान्ड गर्नु भएको थियो, त्यो हामीसँग थिएन, इम्पोर्ट गरेर ल्याऔं ।’

यौन चाहनाले कुनै पद र प्रतिष्ठा भन्दैन । संविधानसभा सदस्य हुन् वाकलाकार, उनीहरुको लागि कोही केटा साथी बनाउनुभन्दा यस्ता खेलौना सुरक्षित बन्ने गरेको छ । यसबाट यौन सन्तुष्टि मात्र होइन, धेरै प्रकारको सुरक्षा एकसाथ जोडिएर आउने उनीहरुको बुझाइ छ । नयाँ केटा साथी बनाउनुुभन्दा आफैँ यौन चाहना पूरा गर्नको लागि यस्तो सामग्री प्रयोग गर्ने गरेको उनीहरुको बुझाइ छ ।

कति पर्छ मूल्य रु

बजारमा अनेक आकार र मूल्यका यौन खेलौनाहरु पाइन्छ । सामान्य खेलौना ७र८ सय रुपैयाँदेखि ७०–८० हजार रुपैयाँसम्म पर्ने गर्छ । यसमा महिला वा पुरुष अंग रहने गरेका छन् । ३५ देखि ४० प्रकारका विभिन्न साइज र प्रकृतिका कण्डम बजारमा पाइन्छन् । १० रुपैयाँदेखि तीन हजारसम्म एउटै कण्डमको मूल्य पर्छ ।

शीघ्र स्खलन रोक्ने, स्किनलेस विशेषता भएका विभिन्न साइजका कण्डमदेखि पुनः प्रयोग गर्न सकिने खालका कण्डमसम्म बजारमा पाउने गरिन्छ । त्यस्तो त, एउटा फुल बडीलाई ७० देखि ८० हजार रुपैयाँसम्म पर्ने गरेको सञ्चालकहरु बताउँछन् ।(अनलाइन खबर बाट साभार

  • कलाकार
  • ग्राहक
  • नियमित
  • यौन खेलौना
  • व्यापार बढ्दो
  • सभासद
शनिबार, माघ १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.