काठमाण्डौ : इलाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा जीप अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
प्रदेश १–०१–००१ च ७९१६ नम्बरको जीप यो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा झापाको मेचीनगर नगरपालिका–४ का वर्ष ५५ का रमेश थापा र वर्ष ४० का सूर्यबहादुर थापाको ज्यान गएको कार्यालयले जनाएको छ ।
जीपका चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइराला घाइते भएका छन् । उनको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।