अर्घाखाँची : महेन्द्र राजमार्ग अन्तर्गत धानखोला र भालुबांगको बीचमा गाडी दुर्घटना भएको छ । लुम्बिनी प्रदेश सांसद चढेको सुद्धोदन गाउँपालिकामा गाडी दुर्घटना भएको हो । दुर्घटनामा प्रदेश सांसद तुल्सी चौधरी सहित २ जना घाइते भएका छन् ।
राष्ट्रिय सभाको चुनावमा दाङ् जाँदै गरेको गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको हो । घाइते दुबै जनालाई उपचारको लागि भालुबांग अस्पताल पठाइएको छ । गाउँपालिकाका अध्यक्ष किशुचन्द चौधरी, उपाध्यक्ष शान्तादेवी ज्ञवाली लगायत चढेको गाडी दुर्घटना भएको होे ।