• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, चैत ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

आज तेल लगाउने र नीमको पात खाने दिन

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

आज चैते दसैँको घटस्थापना

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

आज मिति २०८२ साल चैत्र ५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ३. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ४. बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ५. आज तेल लगाउने र नीमको पात खाने दिन

  • ६. बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

  • ९. आज चैते दसैँको घटस्थापना

  • १०. समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

ओमिक्रोनसँग निर्धक्क नहुन डब्ल्यूएचओको चेतावनी ,अन्य भेरिएन्टभन्दा घातक


ओमिक्रोन भेरिएन्ट विश्वभर तीव्रसंग भैयावह रुप लिएपछि महामारी नियन्त्रणसम्बन्धी विभिन्न देशहरूले रणनीति परिवर्तन गरेका छन्। खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्ने र एक पटक कोभिड भइसकेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण गराउन सक्ने क्षमता भएको ओमिक्रोन अन्य भेरिअन्टहरूभन्दा सङ्क्रामक छ।

सङ्क्रमणको सङ्ख्यामा वृद्धि भए पनि ओमिक्रोन भेरिएन्टबाट सङ्क्रमितहरू अस्पताल भर्ना हुने सम्भावना भने नाटकीय रूपमा कम देखिएको छ। दुई मात्राको खोप लगाएका र बूस्टर मात्रा खोप लगाएका व्यक्तिहरूमा यो सङ्क्रमण भए पनि अस्पताल भर्ना हुने सम्भावना कम रहेको प्रमाण छन्।

यसले अमेरिका र युकेसहित धेरै देशहरूलाई सङ्क्रमितहरू एकान्तवास बस्ने समय छोट्याएर पाँच दिन राख्न प्रेरित गरेको छ। यसले मानिसहरू सङ्क्रमित भएपछि काममा वा विद्यालयमा बिदा बस्दा हुने समस्या कम गर्ने बताइएको छ।

तर विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ओमिक्रोनसँग निर्धक्क नहुन चेतावनी दिएको छ। उसले खोप नलगाएका मानिसहरूमा यो भेरिएन्ट अझै पनि घातक रहेको बताएको छ।
त्यसो भए एकान्तवासको अवधि घटाउने निर्देशिका केमा आधारित छरु हामीलाई नयाँ भेरिअन्ट फैलिने तरिकाबारे के थाहा छ?

कति दिनमा लक्षण देखिन्छ?

ओमिक्रोन भेरिएन्टबारे कमै मात्र अध्ययन भए पनि अनुसन्धानले यो भेरिएन्ट अन्यको तुलनामा कमजोर मात्रै देखाएको छैन, भाइरस सरिसकेपछि लक्षण देखा पर्न लाग्ने अवधि पनि कम देखिएको छ। यसअघिका कोरोनाभाइरसका भेरिएन्टहरूबाट सङ्क्रमण सरिसकेपछि लक्षण देखा पर्न पाँचदेखि छ दिनसम्म लाग्ने गरेको थियो।

डेल्टा भेरिएन्टको हकमा चार दिनमा लक्षण देखा पर्थ्यो। ओमिक्रोनबाट सङ्क्रमण भएको अवस्था दुईदेखि तीन दिनभित्र लक्षणहरू देखा पर्ने गरेका छन्।
गत डिसेम्बरमा अमेरिकामा प्रकाशित प्रारम्भिक अध्ययनमा ओमिक्रोनको औसत सङ्क्रमण अवधि तीन दिन देखिएको थियो।

सङ्क्रमितसँगको सम्पर्कमा पुगेको व्यक्तिमा एक दिनमै शरीरमा भाइरसहरू बढ्न सुरु हुने स्पेनको इन्टर्न्याश्नल युनिभर्सिटी अफ ला रियोजाका सङ्क्रामक रोग विशेषज्ञ डा. भिसेन्ट सोरियानोले बताए। दुई दिनभित्र गरिएको परीक्षणमा भाइरस देखिन थाल्छ।

कति दिनसम्म अरूलाई सर्छ?

वैज्ञानिकहरूले सङ्क्रमित व्यक्तिहरूले सङ्क्रमणका सुरुवाती दिनहरूमा बढी सङ्क्रमण फैलाउन सक्ने पत्ता लगाइसकेका छन्। ओमिक्रोनको हकमा लक्षण देखिनुभन्दा एक वा दुई दिनअघि र लक्षण देखिएको दुईदेखि तीन दिनसम्म यो भाइरस अरूलाई सर्न सक्ने ठानिएको छ।

डा सोरियानो भन्छन्, “यो भाइरस पाँच दिनसम्म मात्रै सङ्क्रामक हुन्छ। यसको अर्थ परीक्षणमा पुष्टि भएको तीनदेखि पाँच दिनसम्म मात्रै यसमा अरूलाई सर्न सक्ने क्षमता रहन्छ।”
उनका अनुसार ओमिक्रोन शरीरमा सात दिनसम्म रहने देखिएको छ। यसको अर्थ लक्षण देखिएको सात दिनपछि लक्षण छैन भने अधिकांश यस्ता व्यक्तिहरूले अरूलाई सङ्क्रमण फैलाउन सक्दैनन्।

“तर यो चिकित्सा हो, गणित होइन, त्यसैले यसमा त्यसैले केही तलमाथि हुनसक्छ,” डा. सोरियानो भन्छन्। “केही मानिसहरूमा तीनदेखि चार दिन मात्रै र केहीमा सात दिनसम्म भाइरस रहन सक्छ। ओमिक्रोनमा के चाहिँ निश्चित हो भने यसको सङ्क्रमण यसअघिका भेरिअन्टहरूभन्दा निकै तीव्र फैलिन्छ।”

यसमा कुनै व्यक्ति अझै सङ्क्रामक छ वा छैन भनेर ढुक्क हुनका लागि छिटो नतिजा देखाउने एन्टिजन परीक्षण गरिनु सबैभन्दा उत्तम हुने विज्ञहरूको सुझाव छ। “यस्तो परीक्षण सस्तो पनि छ र कुनै व्यक्ति सङ्क्रामक छ वा छैन थाहा पनि दिन्छ,” उनी भन्छन्।

लक्षण सहितको सङ्क्रमण भएका व्यक्तिसँग कति दिनपछि भेट्न मिल्छ?

अमेरिकाको सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन सीडीसीले कोभिड-१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूलाई पाँच दिनको एकान्तवासपछि अरूसँग घुलमिल हुन मिल्ने निर्देशिका प्रकाशित गरेको छ।

लक्षण नभए कति दिन सङ्क्रामक?

कोभिड भएका धेरै मानिसहरूमा सङ्क्रमण भएको अवधिभर लक्षण नदेखिएको अनुभव पनि छ। डा. सोरियानोका अनुसार उनीहरूले पनि लक्षण भएका व्यक्तिहरू जति नै आफूमा सङ्क्रमण रहिरहेको बुझ्नुपर्छ।

“लक्षणविनाको सङ्क्रमणबारे अझै धेरै कुराहरू खुल्न बाँकी छ तर सङ्क्रमण रहिरहने अवधि चाहिँ लक्षण भएका व्यक्तिहरूसँग समान नै हुन्छ,” सोरियानोले भने। “बालबालिकाहरूमा धेरैजसो लक्षण देखिँदैन। लक्षण नभए पनि लक्षण भएका वयस्कहरूको जति नै उनीहरूमा पनि भाइरल रहेको अध्ययनहरूले देखाएका छन्।”

लक्षण नभएको व्यक्तिले अरूलाई सार्न सक्छ?

अध्ययनहरूले कोभिडबाट सङ्क्रमित भएका व्यक्तिहरूमा लक्षण नदेखिए पनि अरूलाई सङ्क्रमण सार्न सक्ने देखाएका छन्। उनीहरू छुट्टै पनि नबस्ने र अन्य सावधानीहरू पनि नअपनाउने सम्भावनाका कारण उनीहरूले अरूलाई सङ्क्रमण सार्न सक्ने थप जोखिम हुने गर्छ।

अमेरिकामा प्रकाशित अनुसन्धानले हरेक चारमा एउटा सङ्क्रमण लक्षण नभएका मानिसबाट हुने देखाएको छ। यसअघिका भेरिअन्टको तुलनामा ओमिक्रोन भेरिअन्टमा लक्षण नभएकाबाट अझै बढी सङ्क्रमण फैलिन सक्ने ठानिएको छ। अधिकारीहरूले अरूलाई थाहै नपाई सङ्क्रमण सर्नबाट जोगाउन कोठाभित्र बस्दा मास्कको प्रयोग गर्न सिफारिस गरेका छन्।

बीबीसी

  • अन्य
  • ओमिक्रोनसँग
  • घातक
  • चेतावनी
  • डब्ल्यूएचओको
  • निर्धक्क नहुन
  • भेरिएन्टभन्दा
सोमबार, माघ १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
आज तेल लगाउने र नीमको पात खाने दिन
गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आज चैते दसैँको घटस्थापना

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ३.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ४.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ५.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ६.
    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

भर्खरै

  • १.
    निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • २.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ३.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ४.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ५.
    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ६.
    आज चैते दसैँको घटस्थापना

  • ७.
    समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

  • ८.
    यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.