भक्तपुर : कोठाभित्र आगो तापेर सुत्दा एक शिशुको मृत्यु भएको छ । दुई जना वेहोस भएका छन् । रामेछापको मन्थली नगरपालिका घर भएका हाल सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।
जाडो बढेपछि शनिबार बेलुका खाना खाएर आगो बलिरहेको कोइला कोठामै राखेर सुतेकामा बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय र प्रहरीले ढोका फुटाएर वेहोस अवस्थामा तीन जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगेको उहाँले जानकारी दिनुभयो ।
शिशुको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको र अभिषेक तथा उहाँकी श्रीमती २८ वर्षीया पसुना तामाङको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले बताएको उहाँले जानकारी दिनुभयो ।