• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

मापसे र लापसे गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

आज मिति २०८३ साल कात्तिक १० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

लोकप्रिय समाचार

  • १. काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २. एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ३. बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ४. गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ५. ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

  • ६. आज मिति २०८३ साल कात्तिक १० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. मापसे र लापसे गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा

  • ८. भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ


राँझा (बाँके),कात्तिक १०-  गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले बेपत्ता आफन्तको कुनै जानकारी नआएका कारण चाडपर्वका बेलामा पनि डीएनए रिपोर्ट कुरेर बसेको बताउनुभयो ।

“बाढीमा हराएका हाम्रा मान्छेको अहिलेसम्म अत्तोपत्तो छैन”, उहाँले भन्नुभयो, “यो वर्षको दसैँ डीएनए परीक्षण रिपोर्टको पखाइमा बिताउन बाध्य भएका छौँ ।” सास वा लास केही फेला नपर्दा आफूहरु सामाजिक संस्कार गर्न नपाएको रोकायले बताउनुभयो ।

रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत अनलालका दाजु ५३ वर्षीय शेरसिंह रोकाय, भाउजु ५६ वर्षीया विष्णुमती रोकाय र उहाँहरूलाई भेट्न अनि गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीसँगै हराएको दुई महिना पुग्दा पनि कुनै अत्तोपत्तो नलाग्दा दुःखमाथि दुःख थपिएको अनलालले बताउनुभयो ।

बुढेशकालको सहारा मानिएका एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजु एकैपटक बेपत्ता भएपछि अनलाल रोकायको घरमा यतिबेला सन्नाटा र आँसु मात्रै बाँकी छ । सासको आश मारिसके पनि लाससमेत फेला नपर्दा साह्रै चिन्ता लागेको अनलालले बताउनुभयो ।

“हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा मर्दै गएको छ”, अनलालले भन्नुभयो, “डीएनए रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा र मनभित्रको असैह्य पीडाबीच विछोडको भारी थाम्न विवस छौँ ।”

शव पहिचानका लागि डीएनए परीक्षणको नमुना पठाएपछि बाढीपछि बेपत्ता दाजु, भाउजु र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको उहाँको भनाइ छ ।

अनलालले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिनुभएको थियो । डीएनएको रिपोर्टसमेत नआउँदा बेपत्ता परिवारको सामाजिक संस्कार गर्न नसकेको बताउँदै उहाँले डीएनए रिपोर्ट र बेपत्ता व्यक्तिका बारेमा सरकारले आधिकारिक धारणा परिवारलाई दिनुपर्नेमा जोड दिनुभयो ।

“सास वा लास केहीको अत्तोपत्तो छैन, के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छाँै”, अनलालले भन्नुभयो, “हामी डीएनए रिपोर्टको प्रतीक्षामा छाँै, सरकारले आधिकारिक रुपमा मृत वा फेला पार्न नसक्ने गरी बेपत्ता भएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोँच बनाएका छौँ ।”

रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमार्इं पनि सोही बाढीमा परी बेपत्ता भएपछि १६ वर्षीय सुभास नेपाली, ११ वर्षीय भाइ अश्विन र नौ वर्षीया बहिनी स्मारिका दिनभर टोलाउँदै आमाबुवा फर्किने बाटो हेरिरहन्छन् । डीएनए रिपोर्टको प्रतीक्षा गरेर बसेको सुभासले बताउनुभयो ।

नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले डीएनए रिपोर्ट नआएकाले सबैलाई सान्त्वना दिँदै र सम्झाउँदै आएको बताउनुभयोृ । उहाँले बेपत्ताको खोजी जारी राख्न र पीडित परिवार, विशेष गरी सहाराविहीन बनेका आराम र उजना जस्ता बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग भइरहेको बताउनुभयो ।

भोटेकोशी बाढीपश्चात् बेपत्ता आफन्त खोज्न गएका केहीले चितवन र काठमाडौँस्थित अस्पतालमा र बाँकेमा रहेका १६ जनाले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँका अनुसार, नेपालगञ्जमा सम्पर्कमा आउनुभएका १६ जना आफन्तको भेरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको हो । अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको छ । डीएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।

भोटेकोशी बाढीपश्चात् बाँके जिल्लाका २३ जना हालसम्म बेपत्ता छन् । तीन जनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो ।

मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध
काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान
एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
मापसे र लापसे गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा
ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

लोकप्रिय

  • १.
    काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २.
    एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ३.
    बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ४.
    गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ५.
    ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

  • ६.
    आज मिति २०८३ साल कात्तिक १० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • २.
    काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • ३.
    एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ४.
    बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ५.
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

  • ६.
    मापसे र लापसे गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा

  • ७.
    ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

  • ८.
    आज मिति २०८३ साल कात्तिक १० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.