• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

नवलपुर,साउन २- पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ- बुटवल सडक खण्डको काम थालेको ठ्याक्कै ७ वर्ष पुग्यो । तर यसको निर्माण प्रगति जम्मा ६९ प्रतिशतमात्रै छ । १ सय १३ किलोमिटर सडकमध्ये अहिलेसम्म १ सय किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । जसमा दुईतर्फी कालोपत्र भने ८० किलोमिटर मात्रै भएको छ ।

समयमै काम नसकिँदा यो सडक भएर यात्रा गर्ने हजारौ यात्रुहरु हरेक दिन सास्ती र हैरानी बेहोर्न बाध्य छन् । यो सडकलाई दुई खण्डमा बाढेर ठेक्का गरिएको छ । दुवै खण्डको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो । १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँमा ठेक्का पाएको कम्पनीले कहिलेसम्म काम सक्ने हो सडक विभागकै अधिकारीहरु स्पष्ट भन्न सक्दैनन् । पहिलो पटक २०७५ चैतमा ठेक्का सम्झौता भएअनुसार यसको काम ०७९ साउनभित्र सकिसक्नुपर्ने हो । तर, कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक ०८० साउन ११ गतेसम्मका लागि म्याद थप भएको थियो । तर, उक्त समयभित्र पनि काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्म म्याद थप गरियो, काम सकिएन । पटक–पटक म्याद थपिरहँदा पनि कामले गति लिन सकेन । कामै नसक्ने ठेकेदारलाई सरकारले पटकपटक म्याद थप्ने काम भने गरिरह्यो । तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि यसको म्याद थपिए पनि समयमै यसको काम सकिनेमा शंकै छ ।

यो वर्ष दाउन्ने खन्ड हिलाम्मे हुने र विनयी खोला पुल भाँचिनाले यात्रुहरुले महिनौंसम्म सास्ती खेपे । अहिले पनि ठूलो वर्षा हुनेबित्तिकै कि त यहाँ लामो जाम हुन्छ कि त सडक नै पुरै अवरुद्ध हुन्छ । विनयी खोलामा पुल बने पनि दाउन्ने खन्डको समस्या अझै उस्तै छ । आयोजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चुँडाराज ढकालका अनुसार अहिले सबैभन्दा बढी समस्या दाउन्ने खण्डमा छ । दाउन्नेमा विश्वकर्मा मन्दिरबाट दुम्किवासतर्फ कल्भर्ट बनाउन गहिरो खाडल खन्दा समस्या भएको उनले बताए । उनले बर्दघाट नजिकै पनि पहिरो खसेर बेला बेलामा समस्या हुने गरेको बताए ।

सडक विभागका अनुसार वर्षाका बेला कालोपत्रको काम नहुने भएकाले समस्याग्रस्त दाउन्नेको दशैभित्र सकिनेछ भने पूरै आयोजनाको काम सकिन अझै एक वर्ष लाग्नेछ ।

शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.