चितवन,जेठ १६- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ शिवघाटस्थित नारायणी नदीकोबिच भागमा फसेका २२ जनाको सकुशल उद्वार गरिएको छ । बिहीबार नारायणी नदीमा बाध बाधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरुको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुको उद्धार गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरक्षिक (डीएसपी) एवं सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
नदिको बाध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने नदीमै डुवेको सशस्त्र प्रहरी बलले जनाएको छ ।