• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालय

म्याग्दी, जेठ १३-  बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रम सञ्चालन भएको हो । विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

“माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने उद्देश्यले सीपमूलक तालिम सञ्चालन भएको छ”, उहाँले भन्नुभयो, “दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सृजना, स्वरोजगार बन्ने सहयोग पुग्ने छ ।”

बेनी नगरपालिकाका १६ विद्यालयलाई आर्थिक वर्ष २०८१/८२ मा हामी सक्छौँ, हामी गर्छौँ कार्यक्रमका लागि रु एक–एक लाखका दरले रु १६ लाख बजेट विनियोजन गरेको छ । बाह्रवटा विद्यालयले कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरिसकेका र चारवटा सम्झौताको चरणमा रहेका बेनी नगरपालिकाको शिक्षा अधिकृत कमल ढकालले जानकारी दिनुभयो ।

पात्लेखेतको दीपक माविले च्याउखेती सुरु र अर्थुङ्गेको जामुनाखर्क माविले आधारभूत सौन्दर्यकला तालिम सञ्चालन गरेको छ । बेनीको बालमन्दिर माविले पलम्बिङ, नेप्टेचौरको राष्ट्रिय माविले कपाल काट्ने, भकुण्डेको अर्जुन माविले भित्तेलेखन, अर्जमको रामचन्द्र माविले हाउस वायरिङ, भकिम्लीको जयन्ती माविले अकबरे खुर्सानी र तरकारी, भिरमुनिको पौलत्स्य माविले हाते ट्रयाक्टर मर्मत, पुलाचौरको जनकल्याण माविले बाँसका सामान बनाउने तालिम सञ्चालन गर्न सम्झौता गरेका छन् ।

बेनी सामुदायिक माविले शैलुन, प्रकाश माविले हाउस वायरिङ, तोरीपानीको गलेश्वर माविले प्राविधिक धारका विद्यार्थीलाई फिल्ड सर्वेक्षणसम्बन्धी सीप सिकाउन कार्यक्रम सम्झौता गरेको छ । गलेश्वरको जडभरत संस्कृत, सिङ्गाको धवलागिरि, तातोपानीको सरस्वती र रत्नेचौरको भानु माविले कार्यक्रम प्रस्ताव पेस गरेका छैनन् ।

आव २०७९/८० मा १० विद्यालयमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी भएपछि २०८०/८१ र २०८१/८२ देखि नगरपालिकामा रहेका १६ वटै माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो । बिहान–बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब एक हजार विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ । रासस

मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.