भरतपुर । खेलकुद विकास समिति भरतपुर ६ र फूलबारी थुथ क्लब प्रथम फुलबारी राइनो एट ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
आज सम्पन्न सेमिफाइलमा जीत हात पार्दै भरतपुर ६ र फूलबारी युथ उपाधि नजिक पुगेका हुन् । फाइनल प्रवेशका लागि भरतपुर ६ ले काभ्रेघाटलाई ४-० ले पाखा लगायो । https://youtu.be/5ySR_L0wkNU
अर्को सेमिफाइनलमा फूलबारी युथले पार्वती खुकुरी गाइजलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा फूलबारी २-१ ले विजयी भयो । उपाधि भिडन्त ९ गते हुनेछ ।
श्रीपुर खेल मैदान भरतपुर १५ मा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले २० हजार रुपैथले प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।