• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरको रोयल सेन्चुरी होटल अबदेखि ल्याण्डमार्क ग्रुपले चलाउने, नाम राख्यो ल्याण्डमार्क नारायणी

चितवन – चितवनको भरतपुर ओरालोमा रहेको चर्चित होटल रोयल सेन्चुरी अबदेखि ल्याण्डमार्क ग्रुपले सञ्चालन गर्ने भएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो व्यवस्थापनमा होटल सञ्चालन ल्याएको जानकारी दिएको हो । रोयल सेन्चुरीले देवघाटमा सञ्चालन गरिरहेको फार्म हाउस पनि ल्याण्डमार्कले नै चलाउने भएको छ ।

भरतपुर हाइटमा ७० रुमको होटल र देवघाट गाउँपालिका ५ भुवनटारमा करिब ४ हेक्टरमा फैलिएको फार्म हाउसको व्यवस्थापन ल्याण्डमार्कले सम्हालेको करर्पोेरेट अपरेशन निर्देशक सम्राट पाण्डेले जानकारी दिनुभयो । होटल तथा फार्महाउसको व्यवस्थापन सम्हालेसंगै ल्याण्डमार्कले नेपालको पर्यटन क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाएको उहाँले बताउनुभयो । सेवा परिस्कृत गर्दै रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी र देवघाटको फार्म हाउसलाई ल्यान्डमार्क फार्म हाउस बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर हाइटमा रहेको ल्याडमार्क नारायणीमा ७० कोठा छन । यहाँ छ वटा विभिन्न साइजका ब्याकेट तथा व्यवसायिक बैठक र गोष्ठीका लागि कन्फ्रेन्स हल रहेका छन । यस्तै रमाइलो वातावरणमा खानाका लागि रेष्टुरेन्ट,पेय पदार्थको विविधतासहितको बार,कफी हाउस,खुला आकाशमुनि आरामदायी ढंगले समय बिताउनका लागि ओपन टेरेस उपलब्ध रहेको ल्यान्डमार्क होटलका महाप्रबन्धक बोधराज लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार होटलले आगामी दिनमा स्विमिङ पुल समेत थप गर्नेछ । ल्याण्डमार्क नारायणी व्यापारिक र पारिवारिक पाहुनाका लागि उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न तयार रहेको भन्दै उहाँले यस होटलको सेवा लिनका लागि सबैलाई अनुरोध गर्नुभयो ।

यस्तै देवघाटमा करिव डेड विघामा फैलिएको ल्याण्डमार्क फार्म हाउसमा १३ कोठा र आकर्षक कटेज रहेका छन । त्रिशूली नदीको किनारमा अवस्थित फार्म हाउसमा प्राकृतिक सौन्दर्य, आराम र आधुनिक सुविधाको उत्कृष्ट संयोजन प्रदान गर्ने ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका निर्देशक राजु पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसारमा फार्म हाउसमा फार्म टु टेवल डाइनिङ जसमा ताजा र स्थानीय उत्पादनमा आधारित भोजन हुनेछ । फार्म हाउसमा स्विमिङ पूल, पूल साइड पार्टी स्पेस, बार र रेस्टुरेन्ट तथा ट्री हाउस समेत रहेको जानकारी दिनुभयो ।

भरतपुर र देवघाट क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्षले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले सेवा विस्तार गरेको अर्का निर्देशक रमेश पाण्डेले जानकारी दिनुभयो । ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट नेपालकै प्रतिष्ठित होटल ग्रुप हो । ल्यान्डमार्कले लामो समयदेखि काठमाडौँ, पोखरा, चितवनको सौराहा र भैरहवामा लक्जरी होटल र रिसोर्टहरूको व्यवस्थापन गर्दै आएको छ । चितवनमा पछिल्लो समय नयाँ होटल खोल्ने र भएका होटलहरुलाई परिस्कृत गरी सञ्चालन गर्ने क्रम बढेको छ ।

मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.