• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

मुग्लिन-मलेखु सडक निर्माणले लिन सकेन गति,२९ प्रतिशत मात्र काम

चितवन, वैशाख २८- सम्झौता म्याद सकिन आठ महिना बाँकी रहँदा मुग्लिन–मलेखु सडक स्तरोन्नतिको २९ प्रतिशत मात्र काम भएको छ । विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन खण्ड बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । नागढुङ्गा–मुग्लिन सडक योजना, पश्चिम खण्डका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म २९ प्रतिशत प्रगति भएको छ । यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ ।

शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । दरैका अनुसार यस सडक खण्डको रमाइलो डाँडादेखि इच्छाकामना गाउँपालिका कार्यालय अघिसम्म ४।५ किमी चार लेन सडक दुईतर्फी कालोपत्र भइसकेको छ छ । चुम्लिङटारमा २०० मिटर र फिस्लिङ बजारमा चार लेनमा १५० मिटर सडक कालोपत्र गरिएको उहाँले जानकारी दिनुभयो । विशालटार र मझिमटारमा कालोपत्र गर्नुअघिको ग्राभेल भइरहेको छ ।

सो खण्डमा पर्ने ६ वटा पुलमध्ये चारवटा पुलमा बिम राख्ने तयारी गरिएको छ । दुईवटा पुलको फाउन्डेसनको काम भइरहेको छ । चितवनतर्फको बारवाङ् र मौवा खोला एवं धादिङतर्फको गौमती र खतौटीको पुलमा बिम राख्ने तयारी गरिएको छ । धादिङतर्फका चरौँदी र हुग्दीमा फाउन्डेसनको काम हुँदैछ ।

नागढुङ्गा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले पछिल्लो समय कामले गति लिएको दाबी गर्नुभयो । विभिन्न बाधा अड्चनका कारण समयमा काम हुन नसकेको उहाँले स्वीकार गर्नुभयो । उहाँका अनुसार स्थानीय तहबाट आवश्यकताअनुसार निर्माण सामग्री नपाउनु ढिलो हुनाको प्रमुख कारण भएको हो । काम सुरु गर्दा सर्भे डिजाइनका क्रममा सात महिना ढिला भएको, अझै पनि विद्युत्को पोल सार्न नसकिएको, निर्माण कम्पनीले ठूला उपकरणहरु परिचालनमा ढिलाइ गरेको, घरटहराको क्षतिपूर्ति समयमा दिन नसकिएकोलगायतका कारण काममा ढिलाइ भएको उहाँको भनाइ छ ।

असारसम्ममा चारवटा पुल सम्पन्न गर्ने र १० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको नेपाल बताउनुहुन्छ । यससँगै असारसम्ममा ४५ प्रतिशत काम सम्पन्न हुने उहाँको भनाइ छ । यो खण्डमा २.२ किलोमिटर ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक ७.२ किलोमिटर हुनेछ । यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ । उकालो–ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन २.३ किलोमिटर हुनेछ । बाँकी सडक डेडिकेटेड दुई लेनको हुने नेपालले बताउनुभयो । यो सडक विश्व बैङ्कको सहयोगमा बनाइएको हो ।

सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.