• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैँडाकोट वडा नं. २ को कार्यालय भवनको शिलान्यास, सेवा प्रवाहमा सहजता ल्याउने अपेक्षा

गैँडाकोट,  — गैँडाकोट नगरपालिका वडा नं. २ को कार्यालय भवनको शिलान्यास शुक्रबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ। नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, तथा वडा अध्यक्ष प्रकाश सापकोटाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नगर कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र स्थानियवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

रु ७० लाख ३ हजार ३८ को लागतमा निर्माण हुन लागेको उक्त भवन न्यू बील्ड कोन डिजाइन एण्ड डेभलपर्स निर्माण कम्पनीमार्फत आगामी असोज मसान्तसम्म सम्पन्न गरिने लक्ष्य लिइएको छ।

कार्यक्रममा नगर प्रमुख मदनभक्त अधिकारीले नगरपालिकाको नीति अनुसार सबै वडामा स्थायी कार्यालय भवन निर्माणको प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो। “गैँडाकोट नगरपालिकाले नागरिकलाई प्रभावकारी र सुलभ सेवा दिने उद्देश्यले प्रत्येक वडामा भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको छ,” प्रमुख अधिकारीले भन्नुभयो, “भवन निर्माणपछि सेवा प्रवाह थप प्रभावकारी हुनेछ, त्यसैले निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्न जरुरी छ।”

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले सेवा प्रवाहको मेरुदण्डका रूपमा वडा कार्यालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “जनताको पहिलो सम्पर्क विन्दु वडा कार्यालय हो। यसको आधारभूत संरचना बलियो नभएसम्म सेवा प्रभावकारी हुँदैन। यस भवनमार्फत वडा नं. २ का बासिन्दाले सरकारको सेवा प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।”

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष प्रकाश सापकोटाले स्थायी भवन निर्माणसँगै वडावासीको सेवा पाउने प्रक्रिया झनै सहज हुने बताउनुभयो। “हामी अहिलेसम्म अस्थायी स्थानबाट सेवा दिँदै आएका थियौं। अब आफ्नै भवनबाट सेवा सुरु भएपछि नागरिकले सजिलै सेवा लिन सक्नेछन्,” उहाँले भन्नुभयो। साथै, उहाँले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न वडा कार्यालयको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

हालसम्म गैँडाकोट नगरपालिकाका वडा नं. ४, ६, ७, ९, १०, ११ र १२ ले आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह गरिरहेका छन् भने अन्य वडाहरुमा भवन निर्माण कार्य अघि बढिरहेको छ। नगरपालिकाले आगामी वर्षभित्र सबै वडामा सुविधा सम्पन्न कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ।

शिलान्याससँगै वडा नं. २ को सेवा संरचना सुदृढ हुने विश्वास व्यक्त गरिएको छ, जसले स्थानीय सरकारप्रतिको जनताको विश्वासलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.