चितवन, २४ वैशाख । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन प्रा.लि.ले क्रिकेट बलिङको गतिको क्षमता परीक्षण गर्न दोस्रो संस्करणको ‘बीट दि स्पीड’ कार्यक्रम आयोजना गर्न लागेको छ।
पूर्व झापादेखि कञ्चनपुरको महेन्द्रनगरसम्म सञ्चालन हुन लागेको यो कार्यक्रम यही वैशाख २६ गते जनकपुरबाट सुरू हुनेछ। कार्यक्रमको उद्देश्य तीव्र गतिमा बलिङ गर्न सक्ने प्रतिभाशाली खेलाडीहरू छनोट गर्नु हो। विभिन्न शहरहरूबाट उत्कृष्ट खेलाडीहरू छानिएपछि अन्तिम प्रतिस्पर्धा काठमाडौंमा आयोजना गरिनेछ।
चितवनवासी क्रिकेटप्रेमीहरूको लागि यो कार्यक्रम जेठ ३ गते अपराह्न ४ बजे नारायणगढस्थित क्याम्पाचौरमा आयोजना हुने वर्ल्डलिंक चितवन शाखाका प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमलाई सफल बनाउन चितवन जिल्ला क्रिकेट संघ तथा नेपाल प्रिमियर लिग फ्रेन्चाइज चितवन राइनोजले सहकार्य गरेका छन् ।