• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन १९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

  • १. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भारतको कीट विश्वविद्यालयमा फेरि अर्को नेपाली छात्रा मृत भेटिइन्

वीरगन्ज,बैशाख १९-  भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा बिहीवार साँझ फेरि अर्को नेपाली छात्रा मृत भेटिएकी छन् । कीट विश्वविद्यालयमा बीटेक सिएसईको पहिलो वर्षमा अध्ययनरत छात्रा १९ वर्षीया प्रिशा साह विश्वविद्यालयकै (क्यु सि ४) छात्रवासको कोठामा बिहीवार साँझ झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्। साह वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा निवासी श्याम साहकी छोरी हुन् । साहको स्थायी घर भने सर्लाहीको मलंगवा हो।

मृतक प्रिशाका भाइ गौरव साहले बिहीवार राति ९ बजेतिर कलेज प्रशासनले घरमा फोन गरेर प्रिशाको मृत्यु बारे जानकारी दिएको बताए । गौरबका अनुसार बिहीबार दिउँसो ३ बजेतिर कलेजबाट प्रिशाले घरमा फोन गरेर आफू मे १८ तारिखमा विदामा घर आउने जानकारी गराएकी थिइन्। प्रिशा एक वर्षअघि बिटेक अध्ययनका लागि कीट विश्वविद्यालय गएकी भाइ गौरबले बताए। विश्वविद्यालयमा बीटेक पहिलो वर्षमा अध्ययनरत छात्रा प्रिशा साह झुन्डिएर मृत अवस्थामा भेटिएको भारतको दिल्लीस्थित नेपाली दूतावासले पनि पुष्टि गरेको छ। कलेज प्रशासनले घटनाबारे नेपालमा रहेका मृतकका परिवारजनलाई खबर गरिसकेको र उनीहरू कलेजमा आएपछि मात्रै शवको पोष्टमार्टम गरिने जानकारी गराएको नेपाली दूतावासले जनाएको छ।

यसअघि गत फागुनमा पनि नेपालको बुटवलकी छात्रा २० वर्षीया प्रकृति लम्सालको त्यही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । त्यसबेला विश्वविद्यालयको लापरबाहीले प्रकृतिको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेपछि विश्वविद्यालयका कर्मचारी र सुरक्षागार्डहरुले नेपाली विद्यार्थीहरूलाई कुटपिट गर्दै विश्वविद्यालयबाट निकालेर धपाएका थिए । त्यहाँबाट कुटपिट गरेर धपाइएका ५ सय बढी विद्यार्थीहरू वीरगन्ज नाका हुँदै घर फर्किएका थिए ।

त्यसको चौतर्फी आलोचना र विरोध भएपछि विश्वविद्यालयले माफी मागेर नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्किन आह्वान गरेको थियो । प्रकृति लम्सालको मृत्युको घटनामा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । ओडिसा राज्य सरकारले समेत उक्त घटनाको उच्चस्तरीय समिति बनाएर छानबिन गरेको थियो ।

शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.