• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज ६ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

जलवायु न्याय र सद्भाव प्रवर्धनको माग गर्दै नवलपुरमा शान्ति दिवस मनाइयो

सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

  • ७. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

  • ९. सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

  • १०. चितवन गोल्डकप : बिएफसी र देवदहबीचको सेमिफाइनल वर्षाका कारण स्थगित

मुक्तिनाथमा लेंक लागेका तिर्थालुलाई निःशुल्क उपचार


मुस्ताङ , वैशाख १८-

हिन्दु तथा बौद्धमार्गीहरुको साँझा धार्मिक तिर्थस्थल मुुक्तिनाथ मन्दिरमा लेक लागेका बिरामीलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरिएको छ । यहाँस्थित प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहयोगमा मुक्तिनाथ मन्दिरमा लागेर बिरामी परेका धार्मिक पर्यटकलाई निःशुल्क स्वास्थ्योपचार सेवाको व्यवस्था गरिएको हो ।

समूद्री सतहको करिब तीन हजार ८०० मिटरको अग्लो उचाइमा अवस्थित मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न पुग्ने कतिपय धार्मिक तिर्थालु पर्यटकलाई लेक लाग्ने समस्या हुन्छ । मुक्तिनाथमा लेक लागेर बिरामी हुने धार्मिक तिर्थालुलाई छिटोछरितो आपत्कालिन प्रारम्भिक उपचारको व्यवस्थापन गर्न प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहकार्यमा मुक्तिनाथ मन्दिर परिसरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोरले जानकारी दिनुभयो ।

प्रदेश अस्पतालले जनशक्ति व्यवस्थापन र अक्सिजनको व्यवस्था गरेको तथा गाउँपालिकाले व्यवथापन एवं औषधि लगायतमा सहयोग गर्दै आइरहेको स्वास्थ्य संयोजक बोहोराले बताउनुभयो । मुक्तिनाथ स्थित ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’मा प्रदेश अस्पताल जोमसोमले दुई हेल्थ असिस्टेन्ट करारमा खटाएको छ । अस्पतालले ट्रिटमेन्ट सेन्टरका लागि आवश्यकताअनुसार अक्सिजनको व्यवस्था गरेको छ ।

लेक लाग्ने बिरामीको उपचार सेवाका लागि हेल्थ असिस्टेन्ट सरोज घर्तीमगर र विकास ठाकुर २४ सै घण्टा बिरामीको सेवामा खटिनुभएको छ । हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत हेल्थ असिस्टेन्ट घर्तीमगरले लेक लागेका बिरामीलाई उपचार सेवा पु¥याउन तीन वटा शय्या र तीन अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार दुई शय्या र दुई सिलिन्डर मन्दिरको केही पर व्यवस्थापन भएको तथा एक शय्या र एक सिलिन्डरको व्यवस्था मन्दिर परिसर नजिकै राखेर सेवा दिने गरिएको छ ।

मुक्तिनाथ मन्दिर परिसरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ स्थापना भएदेखि हालसम्म करिब दुई हजार बढीले सेवा प्राप्त गरेको हेल्थ असिस्टेन्ट घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार चैतमा मात्रै १७९ जना लेक लागेका बिरामीले हाइअल्टिच्युड ट्रिटमेन्ट सेवाबाट स्वास्थ्य लाभ प्राप्त गरिसकेका छन् ।

मुक्तिनाथमा धार्मिक तिर्थालुका लागि स्थापना गरिएको ट्रिटमेन्ट सेन्टरको प्रारम्भिक कक्ष साँघुरो हुँदा बिरामीको उपचारमा केही असहज भएको देखिएको छ । यसका लागि मन्दिर परिसर नजिकै सुविधायुक्त हाइअल्टिच्युड पूर्वाधार भवनको व्यवस्था आवश्यकता रहेको छ ।

मुक्तिनाथमा लेक लागेका बिरामीलाई प्राथमिक उपचार गरेपछि जोमसोमस्थित प्रदेश अस्पतालमा रिफर गर्ने गरिएको अर्का हेल्थ असिस्टेन्ट ठाकुरले बताउनुभयो । मुक्तिनाथमा ४५ देखि ९४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई लेक लाग्ने समस्याको उपचार प्रदान गरिसकेको ठाकुरको भनाइ छ ।

समूद्री सतहको कम उचाइबाट उच्च स्थानमा विश्राम नलिइ आउने धार्मिक तिर्थालुलाई लेक लाग्ने समस्या बढी हुने गरेको छ । दीर्घ रोगका बिरामी र शारिरीक रुपले कमजोर तथा उमेर कटेका ज्येष्ठ नागरिकलाई मुक्तिनाथमा दर्शन गर्न आउँदा लेंक लाग्ने समस्या बढी हुने गर्छ । उच्च स्थानमा पुग्दा अक्सिजनको मात्रा कम हुँदा देखिने समस्यालाई लेक लागेको भन्ने गरिन्छ । लेक लागेका बिरामीलाई बान्ता हुने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, शरिर भारी हुने र अल्छि लाग्ने जस्ता लक्षण देखिने गछनर्् ।

उच्च स्थानको मुक्तिनाथमा जाने धार्मिक तिर्थालु कुन ठाउँबाट कसरी आइपुगेको हो लेक लाग्ने समस्या त्यसैमा निर्भर हुन्छ । मुस्ताङमा कम उचाइको स्थानबाट आउने भारतीय पर्यटकलाई बढी मात्रामा लेक लाग्ने समस्या देखिने गरेको पाइएको छ । यसैगरी मुक्तिनाथमा गएर खाली पेटमा १०८ धाराको पानी सेचन गर्ने, चिसो कुण्डमा डुबुल्की मार्ने र खाली पेटमै दर्शन गर्ने गर्दा शरिरले तापक्रम व्यवस्थापन गर्न नसक्दा धार्मिक तिर्थालुलाई लेक लाग्ने समस्या देखिने गरेको स्थानीय बताउँछन् ।

जिल्ला प्रहरी कार्यालयले मुक्तिनाथ आउने धार्मिक पर्यटकलाई लेक लाग्ने समस्याका बारेमा सचेतनामूलक अभियान नै सञ्चालन गरेको छ । ‘सवारी चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ अभियान सञ्चालन गरेर धार्मिक तिर्थयात्रीलाई लेक लाग्ने समस्याका बारेमा जानकारी दिने र लेक लाग्ने समस्याका बारेमा पर्चा, पम्प्लेट र ब्रोसर वितरण गर्ने अभियान सञ्चालन भइरहेको छ ।

मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई लेक लाग्ने जाखिमबाट जोगाउन म्याग्दी र मुस्ताङको सिमावर्ती क्षेत्र घाँसामा लेक लाग्ने समस्याका विषयमा सूचनामूलक होर्डिङ बोर्ड राखिएको छ । घाँसामा रहेका सुरक्षाकर्मीले समेत लेक लाग्ने समस्याका बारेमा धार्मिक तिर्थालुलाई जानकारी दिने गरेका छन् । मुस्ताङमा बर्सेनि दुई दर्जन बढी धार्मिक तिर्थालुको लेक लाग्ने समस्याबाट मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । त्यसमध्ये मृत्यु हुनेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेको प्रहरी निरीक्षक अधिकारीले उल्लेख गर्नुभयो । रासस

बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने
देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने
जलवायु न्याय र सद्भाव प्रवर्धनको माग गर्दै नवलपुरमा शान्ति दिवस मनाइयो
सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ
गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६.
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

भर्खरै

  • १.
    भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

  • २.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल असोज ६ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

  • ५.
    जलवायु न्याय र सद्भाव प्रवर्धनको माग गर्दै नवलपुरमा शान्ति दिवस मनाइयो

  • ६.
    सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

  • ७.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • ८.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.