• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, चैत २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भन्सार विधेयक बहुमतले पारित

काठमाडौँ, वैशाखः१६ –

प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

विधेयकमाथिको छलफलमा सांसद प्रभु साहले प्रस्तुत विधेयकमा भएको व्यवस्थाले सीमा क्षेत्रको जनतालाई दुःख दिने बताउनुभयो । अवैध रुपमा चोरी पैठारी भएका सामान समाउने नाममा व्यक्तिको निजी सम्पत्ति जफत गर्ने व्यवस्था विधेयकमा राख्न नहुने सांसद साहको धारणा थियो ।

सांसद हेमराज राईले छिमेकी मुलुकसँगको खुला सीमानाका कारण भन्सार प्रशासनका कामको प्रभावकारिता कमजोर भएको बताउनुभयो । पर्याप्त जाँच उपकरणहरु राख्नुपर्ने र सीमा क्षेत्रमा सुरक्षाकर्मीको गस्ती बढाउने कुरामा पनि उहाँले जोड दिनुभयो ।

सांसद गङ्गा कार्कीले व्यापार व्यवसाय गर्नेलाई परेका समस्या समाधान गर्न विधेयक सहयोगी हुने बताउनुभयो । विधेयकका माध्यमबाट आयात–निर्यात सहज हुने उहाँले बताउनुभयो ।

सांसद शिव नेपालीले भन्सार प्रशासनमा प्रविधिको प्रयोगलाई विधेयकले बढावा दिने विश्वास व्यक्त गर्नुभयो ।

सांसद गणेश पराजुलीले भन्सार क्षेत्रमा देखिएका समस्या समाधानका लागि नयाँ कानूनी व्यवस्था आवश्यक रहेको र नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट विकासशील देशमा रुपान्तरण हुँदा व्यहोर्ने कर तथा गैरकर अवरोधबारे बुझ्न सहज हुने बताउनुभयो ।

विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, माधव सापकोटा, रणेन्द्र बराली, किरण कुमार साहलगायत प्रतिनिधिसभा सदस्यले आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

विधेयकका सम्बन्धमा सांसदहरूले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले अर्थ समितिमा पर्याप्त छलफल भएर परिष्कृत रुपमा संशोधनसहित विधेयक आएको बताउनुभयो । “भन्सार बिन्दुहरुमा बेथिति नहोस् । व्यवसायीहरु पनि अनावश्यक रूपमा पीडित नहुन् भन्नेलगायत सुझाव आएका छन् । यी सुझाव सकारात्मक छन् । यो विधेयक पारित हुँदा भन्सार व्यवस्थापनमा गुणात्मक सुधार आउने छ । भन्सार प्रशासनमा सुशासन र पारदर्शिता प्रवद्र्धनमा सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो ।

भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक भएकाले सरकारले यो विधेयक सदनमा पेस गरेको हो ।रासस

मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.