• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

मानव बेचबिखन रोक्न सबैको साथ आवश्यक भएकोमा जोड

चितवन, २४ चैत । मानव बेचबिखन तथा ओसारपसार र लैंगिक हिंसा नियन्त्रणमा सबै साथ आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । माइती नेपालको ३३ औँ वार्षिकोत्सवको अवसरमा आज भरतपुरमा आयोजित अन्तरसंवादमा सरोकारवालाहरुले सबैको साथ र सहयोगले मानव बेचबिखन तथा ओसारपसार र लैंगिक हिंसा नियन्त्रण गर्न सकिने बताएका हुन् ।

माइती नेपाल चितवनले आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक निलम तामाङले प्रहरीको एक्लो प्रयासले मानव बेचबिखन नियन्त्रण गर्न नसकिने बताउनुभयो । होटलबाट यौन व्यवसायमा संलग्न महिलाहरुलाई उद्धार गरेर होटल सञ्चालकलाई कारबाही गर्न खोज्दा पीडित महिलाले उजुरी नै नदिने गरेको तामाङको भनाइ छ । घटनाको बारेमा कुनै महिलाले जाहेरी दिए पनि मुद्दा तयार पारेर अदालतमा पुग्ने बेलासम्म पीडितले बयान नै परिवर्तन गरिदिने अवस्था रहेको उहाँले बताउनुभयो ।

बेसाहारा एवम् अभिभावकविहीन महिलाहरु बढी पीडित हुने गरेको पाइएको उहाँको भनाइ छ । पीडितले जाहेरी दिएको अवस्थामा पीडकलाई मानव बेचबिखनको मुद्दा लगाएर कारबाही गर्न सकिने अवस्था रहे पनि पीडितले साथ नदिँदा दोषिहरु पर्याप्त प्रमाण नपुगेको भन्दै छुट्ने गरेका तामाङले बताउनुभयो । यस आर्थिक वर्षमा चितवनमा मानव बेचबिखन विरुद्धको एउटा मुद्दा अदालतमा दर्ता गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा श्रमिक नेपालकी अध्यक्ष सावित्री पौडेलले मनोरञ्जन क्षेत्रसँगै अन्य श्रम क्षेत्रमासमेत महिलाहरु शोषणमा पर्ने गरेको बताउनुभयो । रोजगार जोगाउन तथा रोजगार गुम्दा दैनिक गुजारा चलाउनसमेत महिलाहरु शोषणमा पर्ने गरेका पौडेलको भनाइ छ । श्रमिकहरु बेचबिखनमा पर्ने, यौन हिंसामा पर्ने गरेको गुनासा आइरहने भन्दै उहाँले उनीहरुलाई मनोपरामर्श प्रदान गरी पीडितलाई कानुनी कठघरामा उभ्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सामुदायिक महिला सेवा समाजका अध्यक्ष महेशकुमार यादवले गरिबीका कारण यौनजन्य हिंसामा परेर पनि घटना सार्वजनिक नहुने गरेको बताउनुभयो । पीडितलाई मनोपरामर्श प्रदान गर्दै प्रमाण पु¥याएर अदालत समक्ष मुद्दा दायर गर्दासमेत पीडितले अदालतमा बयान दिने बेलामा पुरानो बयान फेर्ने गरेका यादवले बताउनुभयो ।

कार्यक्रममा माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले माइती नेपाल र यसले गर्ने कामको बारेमा जानकारी गराउनुभएको थियो । माइती नेपालले सन् २०२४ मा गरेका कामहरु बारे उल्लेख गर्दै गिरीले चितवन शाखाले एक वर्षमा एक सय १८ जनालाई सिमानाबाट घर फर्काइएको बताउनुभयो । १२ जनाको उद्धार, ८७ जना महिला बालबालिकालाई तालिम, एक सय १५ घरधुरीमा सचेतनामूलक घरदैलो तथा एक सय ६१ जनालाई सेल्टर सुविधा दिएको गिरीले बताउनुभयो ।

यसैबीच, माइती नेपाल चितवन शाखाकी सुरक्षा कर्मचारी राधिका थापाले उत्कृष्ट काम गरेको भन्दै वार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको थियो । कार्यक्रममा मानव बेचबिखन विरुद्धको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

आइतबार, चैत २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.