• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

मानव बेचबिखन रोक्न सबैको साथ आवश्यक भएकोमा जोड

चितवन, २४ चैत । मानव बेचबिखन तथा ओसारपसार र लैंगिक हिंसा नियन्त्रणमा सबै साथ आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । माइती नेपालको ३३ औँ वार्षिकोत्सवको अवसरमा आज भरतपुरमा आयोजित अन्तरसंवादमा सरोकारवालाहरुले सबैको साथ र सहयोगले मानव बेचबिखन तथा ओसारपसार र लैंगिक हिंसा नियन्त्रण गर्न सकिने बताएका हुन् ।

माइती नेपाल चितवनले आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक निलम तामाङले प्रहरीको एक्लो प्रयासले मानव बेचबिखन नियन्त्रण गर्न नसकिने बताउनुभयो । होटलबाट यौन व्यवसायमा संलग्न महिलाहरुलाई उद्धार गरेर होटल सञ्चालकलाई कारबाही गर्न खोज्दा पीडित महिलाले उजुरी नै नदिने गरेको तामाङको भनाइ छ । घटनाको बारेमा कुनै महिलाले जाहेरी दिए पनि मुद्दा तयार पारेर अदालतमा पुग्ने बेलासम्म पीडितले बयान नै परिवर्तन गरिदिने अवस्था रहेको उहाँले बताउनुभयो ।

बेसाहारा एवम् अभिभावकविहीन महिलाहरु बढी पीडित हुने गरेको पाइएको उहाँको भनाइ छ । पीडितले जाहेरी दिएको अवस्थामा पीडकलाई मानव बेचबिखनको मुद्दा लगाएर कारबाही गर्न सकिने अवस्था रहे पनि पीडितले साथ नदिँदा दोषिहरु पर्याप्त प्रमाण नपुगेको भन्दै छुट्ने गरेका तामाङले बताउनुभयो । यस आर्थिक वर्षमा चितवनमा मानव बेचबिखन विरुद्धको एउटा मुद्दा अदालतमा दर्ता गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा श्रमिक नेपालकी अध्यक्ष सावित्री पौडेलले मनोरञ्जन क्षेत्रसँगै अन्य श्रम क्षेत्रमासमेत महिलाहरु शोषणमा पर्ने गरेको बताउनुभयो । रोजगार जोगाउन तथा रोजगार गुम्दा दैनिक गुजारा चलाउनसमेत महिलाहरु शोषणमा पर्ने गरेका पौडेलको भनाइ छ । श्रमिकहरु बेचबिखनमा पर्ने, यौन हिंसामा पर्ने गरेको गुनासा आइरहने भन्दै उहाँले उनीहरुलाई मनोपरामर्श प्रदान गरी पीडितलाई कानुनी कठघरामा उभ्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सामुदायिक महिला सेवा समाजका अध्यक्ष महेशकुमार यादवले गरिबीका कारण यौनजन्य हिंसामा परेर पनि घटना सार्वजनिक नहुने गरेको बताउनुभयो । पीडितलाई मनोपरामर्श प्रदान गर्दै प्रमाण पु¥याएर अदालत समक्ष मुद्दा दायर गर्दासमेत पीडितले अदालतमा बयान दिने बेलामा पुरानो बयान फेर्ने गरेका यादवले बताउनुभयो ।

कार्यक्रममा माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले माइती नेपाल र यसले गर्ने कामको बारेमा जानकारी गराउनुभएको थियो । माइती नेपालले सन् २०२४ मा गरेका कामहरु बारे उल्लेख गर्दै गिरीले चितवन शाखाले एक वर्षमा एक सय १८ जनालाई सिमानाबाट घर फर्काइएको बताउनुभयो । १२ जनाको उद्धार, ८७ जना महिला बालबालिकालाई तालिम, एक सय १५ घरधुरीमा सचेतनामूलक घरदैलो तथा एक सय ६१ जनालाई सेल्टर सुविधा दिएको गिरीले बताउनुभयो ।

यसैबीच, माइती नेपाल चितवन शाखाकी सुरक्षा कर्मचारी राधिका थापाले उत्कृष्ट काम गरेको भन्दै वार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको थियो । कार्यक्रममा मानव बेचबिखन विरुद्धको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

आइतबार, चैत २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.

  • ४.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ५.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ७.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.