• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

नारायणगढ–बुटवल सडकः पूर्वी खण्डको ५० किमी सडकमा एकतर्फी कालोपत्र


नवलपरासी, चैत १९- नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको योजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।

आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत सम्पन्न गर्ने लक्ष्यअनुसार काम गरिरहेको सूचना अधिकारी खनालले बताउनुभयो । दाउन्ने खण्डमा यात्रीले धेरै सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उहाँले बताउनुभयो । जसअनुसार ढलानको काम यसै साताबाट सुरु हुने सूचना अधिकारी खनालले बताउनुभयो । एकतर्फी रूपमा पूर्वी खण्डको सबै काम सक्ने लक्ष्यअनुसार अघि बढिरहँदा दोस्रोतर्फको भागमा पनि नियमित काम भइरहेको उहाँको भनाइ छ । “पहिलो चरणमा एकतर्फी रूपमा यातायात सहज होस् भन्ने हो, यसलाई प्राथमिकता दिएका छौँ, सँगै दोस्रो भागतर्फको काम पनि समानान्तर रूपमा अघि बढिरहेको छ”, सूचना अधिकारी खनालले भन्नुभयो ।

विसं २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सडक विस्तारको काम सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ । यस अवधिमा पूर्ण रूपमा काम सम्पन्न हुनसक्ने अवस्था टर्दै गएको छ ।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुने छ ।

राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै रहेको छ । रासस

मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै
चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.