• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, पुष २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

लोकप्रिय समाचार

  • १. माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • २. आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

भरतपुरमा नवौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

चितवन, १४ चैत । चितवनको भरतपुरमा आजदेखि नवौँ अन्तर्राष्ट्रि औद्योगिक प्रदर्शनी २०८१ सुरु भएको छ । नेपाल, भारत र बंगलादेशमा उत्पादन भएका विभिन्न उत्पादनहरु राखिएको प्रदर्शनी आगामी १८ गतेसम्म सञ्चालन हुनेछ ।

चितवन उद्योग संघले प्रदर्शनी केन्द्रमा सञ्चालन गरेको यस मेलामा पोल्ट्री, डेरी, फुड तथा वेभरेज, चिया, निर्माण सामग्री, प्रविधि, हस्तकला, कृषिलगायतमा प्रयोग हुने उपकरणहरु राखिएका छन् । जुत्ताचप्पलसहित करिब दुई सय स्टल रहेको प्रदर्शनीको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नुभएको हो । प्रदर्शनीको उद्घाटन गर्दै दाहालले भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा काम गर्दै आएको बताउनुभयो । भरतपुरले विकासमा गरेको प्रगति निजी क्षेत्रसँगको सहकार्यका कारण सम्भव भएको उहाँको भनाइ छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले बताउनुभयो । प्रदर्शनीका क्रममा विज्ञ र सरोकारवालाबीच छलफल एवम् कार्यपत्र प्रस्तुती, बागमती प्रदेशस्तरीय चित्रकला प्रतियोगितालगायतका गतिविधि गरिने घिमिरेको भनाइ छ । कार्यक्रम उद्घाटनका क्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीलगायतले मेला महोत्सवले अर्थतन्त्र चलायमान बनाउन सघाउने धारणा राख्नुभएको थियो । चितवन उद्योग संघले विसं २०६६ सालबाट व्यापार मेलाको आयोजना गर्दै आएको छ ।

बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा
कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

लोकप्रिय

  • १.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • २.

  • ३.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ४.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ५.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ६.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ७.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

  • ८.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.