• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

चितवनमा ‘हाइब्रिड’ मकैको बीउ पाउन कठिन

चितवन, चैत १२-  नेपालमा उत्पादित हाइब्रिड मकैको बीउ बजारमा नपाउँदा विदेशी बीउको प्रयोग गर्न बाध्य भएको यहाँका किसानले गुनासो गरेका छन् ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले आयोजना गरेको हाइब्रिड मकै बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी आवासीय कृषक तालिमको समापनमा किसानले स्वदेशी हाइब्रिड बीउ पाउन समस्या हुने गरेको बताएका हुन् ।

दैलेखबाट तालिममा सहभागी हुन आउनुभएकी खगेश्वरी बुढा नेपालीले हाइब्रिड बीउ बजारमा नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी बीउ बजारमा सहज रूपमा पाइन्छ । स्वदेशी उत्पादन पाउन कठिन छ ।”

उत्पादन राम्रो र रोग कीराले नखाने भए अहिले लाइन बस्दा पनि नेपाली बीउ पाउन नसकिएको उहाँले गुनासो गर्नुभयो । तालिममा सिकेका सीपलाई गाउँमा रहेका कृषकलाई सिकाउँदै नेपाली बीउको प्रयोग बढाउन आफूहरू जुट्ने बुढाको भनाइ छ ।

नवलपरासीका किसान कुस्मखर काफ्लेले किसानलाई व्यावसायिक बनाउन अर्गानिक उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभयो । स्वदेशी बीउ उत्पादन गरेर बजारीकरण गर्नसके यहाँको हावा पानी सुहाउँदो हुने र उत्पादन बढ्ने उहाँको बुझाइ छ । उहाँले भन्नुभयो, “विदेशी बीउको अनुपातमा नेपाली बीउ पुग्न सकेको छैन ।”

नेपाल कृषि अनुसन्धान परिषद्का योजना तथा समन्वय निर्देशक भानुभक्त पोखरेलले नेपाली हाइब्रिडको प्रभावकारिताका बारेमा जानकारी नहुँदा यसको उत्पादन कम देखिएको बताउनुभयो । उहाँका अनुसार किसानका समूह र स्थानीय निकायसँगको समन्वयमा यसलाई बढाउन आवश्यक छ ।

उहाँले भन्नुभयो, “नेपाली किसानमा भूमिको सदुपयोग कसरी गर्ने भन्ने ज्ञान नहुँदा हाइब्रिड मकैले उचित स्थान पाउन नसकेको हो ।” बीउ उत्पादन कार्यक्रमलाई व्यावसायिक गर्नसके विदेशी बीउ आयात रोक्न सकिने उहाँले धारणा राख्नुभयो ।

परिषद्का बाली तथा बागवानी अनुसन्धान निर्देशक विनेशमान साखले नेपालमा उत्पादित हाइब्रिडभन्दा विदेशी जातले यहाँको धेरै भूमि ओगटेको बताउनुभयो । उहाँले भन्नुभयो, “आयातीत बीउले ६० प्रतिशत क्षेत्र ओगटेको छ ।” अनुसन्धान गरिएका बीउहरू नेपालका लागि सुहाउँदो भए पनि विदेशी बीउको प्रयोग बढ्नु खोजीको विषय भएको बताउँदै उहाँले प्राविधिक विषयको ज्ञान कृषकलाई हुन आवश्यक रहेकामा जोड दिनुभयो ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक तीर्थराज रिजालले नेपालमा १० जातका हाइब्रिड मकैका बीउ सिफारिस भइसकेको जनाउँदै किसानको रुचिमा रामपुर हाइब्रिड १०, १२, १४ र १६ मात्रै पर्दा आवश्यकताअनुसार उत्पादन गर्न नसकिएको बताउनुभयो । तल्लो तहसम्म बीउ पु¥याउन निजी कम्पनीसम्म पुग्नुपर्ने भन्दै उहाँले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

यही चैत ५ गतेदेखि सञ्चालित तालिममा देशका विभिन्न जिल्लाका २० जना कृषकलाई हाइब्रिड मकै बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी ज्ञान दिइएको थियो । रासस

मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.