• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

दुईथरी लाइसेन्सको व्यवस्था गर्दै सरकार, महासंघको विरोध

काठमाडौं : सरकारले अब दुई प्रकारको लाइसेन्स प्रयोगमा ल्याउने तयारी गरेको छ । पछिल्लो समय सार्वजनिक बस र स्कुल बसको दुर्घटना बढ्दै गएपछि सरकारले व्यक्तिगत र व्यवसायिक गरी भिन्न प्रकारको लाइसेन्स जारी गर्ने तयारी गरेको हो ।

जसअनुसार व्यक्तिगत लाइसेन्स प्रयोग गरेर व्यक्तिगत बाइक र गाडी चलाउन पाउँछन् भने, सार्वजनिक बस, स्कुल बस, पठाओ/इन्ड्राइभजस्ता राइड सेयरिङ एपवाला चालकलाई व्यवसायिक लाइसेन्स दिने गरी यातायात व्यवस्था विभागले तयारी थालेको छ ।

त्यसका लागि सवारी तथा यातायात ऐन २०४९ लाई संशोधन गर्न लागिएको छ । विभागले लाइसेन्स निकालेको समय र अनुभवको आधारलगायतलाई आधार मानेर व्यवसायिक लाइसेन्स दिने छ । त्यसका लागि कक्षा ८ पास गरेको हुनुपर्नेछ । यात्रुवाहक सवारीसाधनका चालकलाई थप जिम्मेवार बनाउन व्यवसायिक लाइसेन्सको व्यवस्था गर्न लागिएको हो ।

अहिले लिएको लाइसेन्सलाई अनुभव र समयको आधारमा पनि व्यवसायिक लाइसेन्समा परिणत हुने छ । सुरूमा नै यो लाइसेन्स भने पाइने छैन । शारीरिक अवस्था ठिक नभएका सवारी चालकले व्यवसायिक लाइसेन्स पाउँदैनन् भने, ट्राफिक नियम धेरै उल्लंघन गरेकाले व्यक्तिगत लाइसेन्स व्यवसायीमा परिणत गर्न पाउँदैनन् । आपराधिक कार्यमा संलग्न भएकाले पनि व्यवसायिक लाइसेन्स पाउँदैनन् ।

२०८० माघ १८ गते मन्त्रालयमा बुझाइएको यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनमा व्यवसायी र गैरव्यवसायिक लाइसेन्सको प्रस्ताव गरिएको छ । यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव पूर्वसचिव शरदचन्द्र पौडेल संयोजक रहेको ७ सदस्यीय समिति बनाइएको थियो ।

१ वर्षको अध्ययनपछि बुझाइएको प्रतिवेदनमा चालक अनुमति पत्र व्यवस्थापनको कार्य योजनामा परिकल्पना वा लक्ष्यमा दुई प्रकारको लाइसेन्स वितरण गर्न सकिने उल्लेख छ ।

सँगै फरक परीक्षा प्रणाली र नवीकरण प्रणाली प्रयोग गर्न सकिने पनि सुझाव दिइएको थियो । सार्वजनिक सवारी लाइसेन्सधारीलाई तोकिएको पोसाक र परिचयपत्र अनिवार्यको व्यवस्था गर्न भनिएको छ ।

साधारण सवारी चालक अनुमति पत्रको बहाल अवधि १० वर्ष तर चालकको स्वास्थ्य तथा मानसिक अवस्थाको आवधिक परीक्षण सुनिश्चित गर्न व्यावसायिक चालक अनुमति पत्रको बहाल अवधि ५ वर्ष बनाउनुपर्ने उल्लेख छ ।हाल सार्वजनिक सवारी चलाउने र अन्य प्रकारका सवारी चलाउने चालकका लागि एकैखाले सवारी चालक अनुमति पत्र परीक्षा प्रणाली, अनुमति पत्र र नवीकरण प्रक्रिया अभ्यासमा रहेको छ ।

यता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने त्यसको विरोध गरेको छ । राज्यले दुई प्रकारको लाइसेन्स भनेर सवारी चालकलाई दुःख दिन खोजेको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाको जिकिर छ ।

उनले भने–‘एक पटक कारवाहीमा परेका सवारी चालकले व्यवसायी सवारी चालक अनुमति पत्र लिन नपाउने भन्ने विषय नै गलत रहेको छ । चालकलाई विभिन्न नीति नियम थपेर दुःख दिँदा समस्या पर्छ । राज्यले पैसा उठाउनका लागि दुई प्रकारको सवारी चालक अनुमति पत्र दिन लागेको हो भने यो गलत छ । निजी क्षेत्रले सार्वजनिक सवारी ठूलो लगानी गरेको छ । त्यो कुरा राज्यले बुझ्नुपर्छ ।’

यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले पनि सार्वजनिक सवारी चालकलाई जिम्मेवार बनाउन दुई प्रकारको लाइसेन्स कार्यान्वयनमा ल्याउने कानून निर्माणको काम सुरू भएको बताए ।

पोखरेलले भने–‘लाइसेन्स लिएको समय, कारवाहीमा परेको विवरण र ट्राफिक नियमलाई ध्यानमा राखेर नै व्यवसायिक लाइसेन्स वितरण हुन्छ । सवारी तथा यातायात ऐन, २०४९ लाई संशोधन गरेर व्यक्तिगत र व्यवसायिक लाइसेन्सको व्यवस्था गर्न लागिएको हो । यसले सार्वजनिक सवारी दुर्घटनालाई न्यूनीकरण गर्छ ।’

सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.