चितवन, फागुन १८- रत्ननगर नगरपालिकाका वडा नम्बर १० स्थित हरिहर मार्गमा रहेको बजाज शो रुममा आगोलागि भएको छ । आज (आइताबार) बिहान ३ बजे लागेको आगोलागिबाट शोरुमा रहेको ल्यापटप, पंखा, फर्निचर लगायतका महत्वपूर्ण सामानहरु जलेर नष्ट भएको सञ्चालक सञ्जिव थालाले जानकारी दिनुभयो ।
रत्ननगर नगरपालिकाको कार्यलयबाट करिव २ सय मिटर दुरीमा पर्ने सो शो रुमको आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा ल्याएको उहाँको भनाई छ । उहाँका अनुसार आगोलागि विद्युत सर्ट भएर भएको थियो ।