चितवन, फागुन १६- भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ ।
बिहीवार दिउँसो ३ः४६ बजेको समयमा ना १६ प ३९०२ नम्बरको स्कुटर र को ९ प ५९१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर–१० बस्ने वर्ष ३९ को डा रामकृष्ण पौडेलको चितवन मेडिकल कलेजम उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
डा पौडेल भरतपुर अस्पतालमा कार्यरत चिकित्सक रहेको पाइएको छ । उनी हाल बिदामा थिए । उनको टाउकोमा चोट लागेको छ ।
त्यस्तै, स्कुटर चालक भरतपुर–२ क्षेत्रपुर बस्ने वर्ष १८ को बिसुप पौडेलको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । उनको निधारमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।