• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

समयमै मर्मत नगर्दा वायु सेवा निगमका ६ मध्ये ५ जहाज ग्राउन्डेड

काठमाडौं, फागुन १६-  समयमै मर्मत नगर्दा नेपाल वायु सेवा निगमका छ वटा जहाजमध्ये पाँच वटा जहाज भूमिस्थ (ग्राउन्डेड) भएका छन्।

निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई वटा वाइडबडी तथा दुई वटा न्यारोबडी जहाज छन्। व्यवस्थापकीय कमजोरीका कारण समयमै जहाजको मर्मतसम्भार हुन नसक्दा आन्तरिकतर्फको एक ट्विअटर जहाज गत जेठदेखि ग्राउन्डेड छ।​

अर्को जहाजसमेत इन्जिनको उडान समय सकिएर दुई महिनादेखि ग्राउन्डेड भएपछि आन्तरिकतर्फका २० वटा गन्तव्यको उडान ठप्प बनेको छ। जहाज अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको निगमले अन्तर्राष्ट्रियतर्फ उडानमा रहेका तीन जहाजसमेत समयमै मर्मतसम्भार गर्न नसक्दा एकै समयमा तीन वटा जहाज ग्राउन्डेड भएका हुन्। उडान अस्तव्यस्त बन्दा टिकट खरिद गरेका यात्रुले सास्ती भोग्दै आएका छन्।

निगमका प्रवक्ता रमेश पौडेलले भने आन्तरिक उडानमा रहेका दुई वटै चिनियाँ जहाज पुराना भएका र उक्त जहाजका पार्टपुर्जा सहज र समयमै उपलब्ध नहुँदा ग्राउन्डेड हुन पुगेको बताए। अन्तर्राष्ट्रितर्फका जहाजमध्ये एउटा जहाज विस्तृत परीक्षण (फाइभसी चेक) का क्रममा चीनमा रहेको र अर्को एक जहाज मर्मतपश्चात् तत्काल उडानमा आउने पौडेलको भनाइ छ। आन्तरिकतर्फका जहाजको पार्टपुर्जा भोलिसम्म नेपाल आइपुग्ने र आगामी मङ्गलबारदेखि नियमित उडानमा आउने उनको दाबी छ।

पौडेलले भने, ‘अहिले नाइन एनएलजेड कलसाइन वाइडबडीले अन्तर्राष्ट्रियतर्फ नियमित उडान गरिरहेको छ भने अर्को नाइन एनएएलवाई कलसाइन जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट आइसकेकाले मर्मतपश्चात् दिल्ली उडान गर्ने छ।’

विस्तृत परीक्षणका लागि चीनमा रहेको नाइनएन–एकेडब्लु न्यारोबडी जहाजको सम्पूर्ण मर्मतसम्भारको काम सकिएको र भन्सार क्लियरेन्स प्रव्रिmयामा रहेकाले उक्त जहाज शनिबारसम्म नेपाल आइपुग्ने उनले बताए।

नोज ल्यान्डिङ गियरमा समस्या आएको अर्को न्यारोबडी नाइन एनएकेएक्स जहाज मर्मतका लागि दिल्ली लैजान लागेको उनको भनाइ छ। हाल निगमले अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ २० वटा गन्तव्यमा उडान गर्दै आएको छ। आन्तरिकतर्फका दुई वटै ट्विअटर जहाज ग्राउन्डेड हुँदा ताप्लेजुङ, भोजपुर, फाप्लु, खानीडाँडा, थामखर्क, सुर्खेत, हुम्ला, जुम्ला, डोल्पा, मुगु, बाजुरा, रुम्जाटर, गुल्मीलगायतका गन्तव्यमा महिनौँदेखि उडान ठप्प छ।

त्यस्तै गरी अन्तर्राष्ट्रितर्फको उडान तालिका भद्रगोल हुँदा निगमले केही यात्रु होटेलमा राखेको छ भने केही यात्रुलाई अर्को जहाजमार्फत सम्बन्धित गन्तव्यमा पठाएर आर्थिक भार बेहोर्दै आएको छ।

शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.