• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

ओली–प्रचण्ड व्यक्तिगत तहमै ओर्लेर आरोप–प्रत्यारोपमा


काठमाडौं, फागुन १६-  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीबिच पछिल्ला दिन फेरि घोचपेच र आरोप–प्रत्यारोप चल्न थालेको छ ।

केही समय सत्ता सहकार्य गर्दा ‘चुपचाप’ देखिएका यी दुई ठुला कम्युनिस्ट पार्टीका अध्यक्षहरू पुनः सत्ता र सत्ताबाहिर हुनासाथ दोषारोपणमा उत्रिसकेका छन् ।

झन्डै ८ महिनाअघि असार १७ मध्यरातमा एमाले कांग्रेस सात बुँदे सहमति गरेर ओली प्रधानमन्त्री बनेपछि यी दुई नेताबिच सम्बन्ध बिग्रिएको थियो । जुन उनीहरूकै बारम्बारको अभिव्यक्तिले पुष्टि गर्छ ।

प्रचण्डले वर्तमान सरकार र गठबन्धनलाई अप्राकृतिक, अपारदर्शी र संविधान विपरीत भन्न थालेका छन् भने ओलीले प्रचण्ड र उनको दललाई सत्ताविमुख हुँदाको ‘छटपटी’का रूपमा अर्थ्याइरहेका छन् ।

राजनीतिक रूपमा ओली र प्रचण्डबिचको यस्ता आरोप–प्रत्यारोप खासगरी सत्तागठबन्धन नहुँदा बढी देखापर्छ । र यो सामान्य पनि भइसक्यो । तर व्यक्तिगत तहमै ओर्लेर एकअर्कामाथि हिलो छ्याप्नेगरी ओर्लिनु नेपाली राजनीतिमा देखिएको विचलन भएको राजनीतिकशास्त्र प्राध्यापकहरू तर्क गर्छन् ।

असार १७ पछि अध्यक्ष प्रचण्डले ओलीलाई जालीझेली, बेइमान र फटाहाको संज्ञा दिँदै आएका छन् भने ओलीले प्रचण्डलाई ‘राजावादी’सम्म भन्न भ्याइसके ।

गत माघ २२ गते म्याग्दीमा पार्टीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भनेका थिए, ‘एमालेको नेता जो अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ उहाँले यति धेरै ढाँट छल, जालझेल गर्नुभएको छ, मलाई त गर्नसम्मै गर्नुभयो !’

ओलीले सत्तागठबन्धन परिवर्तन गर्नेबेलामा आफूसँग भएको स्वर्ग र नर्कको कुरा उप्काउँदै प्रचण्डले प्रश्न गरेका थिए, ‘उहाँ हस्ताक्षर गरेर आएर पनि गरेकै छैन भन्नुहुन्छ । पत्रिकामा फोटो छापिसक्यो, यो कहिलेको छाप्यो ? यो झुटो फोटो भन्नसक्ने भनेपछि यस्ता जालीझेली र यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ?’

ओली प्रधानमन्त्री बन्नु देशका लागि योभन्दा ठुलो दुर्भाग्य अरू केही नभएको प्रचण्डले बताएका थिए ।

त्यतिमात्रै होइन, कांग्रेस–एमालेको गठबन्धन पारदर्शी र लोकतन्त्रवादी भएको भए दिनको उज्यालोमै सहमति गर्नसक्नेमा त्यसो नगरी मध्यरातमा सहमति गरेबाटै पनि प्रश्न गर्ने ठाउँ रहेको प्रचण्डको दाबी छ ।

ओली पनि के कम ? फागुन ५ गते दाङ पुगेर प्रचण्डलाई आफूमाथि लगाएको जवाफ फर्काउने प्रयास गरे । ओलीले दाङमा प्रचण्डलाई राजासँग साठगाँठ गरेको संज्ञा दिँदै उनै प्रचण्डले अहिले लोकतन्त्रको दुहाई दिन नमिल्ने र धेरै नबोल्न चेतावनी नै दिए ।

नेकपा (एमाले) जिल्ला कमिटी दाङले घोराहीमा गरेको कार्यक्रममा ओलीले प्रचण्डलाई पूर्वराजासँग सम्झौता गरेर लोकतन्त्र मास्न हिँडेको र बाध्यताले लोकतन्त्रको पक्षमा सम्झौता गरेको आरोप लगाए ।

‘उल्टै लोकतन्त्रका मसिहा ?’, ओलीले प्रचण्डलाई प्रश्न गर्दै भनेका थिए, ‘गणतन्त्रका लागि कहिले लडेका थिए ? राजासँग साँठगाँठ गरेर सम्झौता गरेको होइन ?’ त्यस्ता निर्लज्ज मान्छेहरूले लोकतन्त्रका बारेमा दुहाइ हामीलाई दिने ?’

त्यतिमात्र होइन, ओलीले धेरै नबोल्न र बोले विगतका षड्यन्त्रको पर्दाफास गरिदिने चेतावनी पनि दिएका थिए ।

‘प्रचण्डजीलाई म भन्न चाहन्छु त्यस्ता बकवास गरेर नहिँड्नुस् । धेरै कुराहरूको, षड्यन्त्रहरूको पर्दाफास गर्न नपरोस्’, ओलीको चेतावनी थियो ।

 

शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.