• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

काठमाडौँ,फागुन १५-  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले केही मेला, महोत्सव र जात्राका नाममा सुर्तीजन्य पदार्थको उत्पादक सङ्लग्नता भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता मेला, महोत्सव र जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० मा ‘उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो टेलिभिजन, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होडिङ बोर्ड, भित्ते लेखन, लोगो सङ्केत, चिन्ह वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रममा समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइने छैन’ उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले उक्त कानुन विपरीत सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बताउनुभयो । सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अन्यन्त हानिकारक भएको र त्यस्ता पदार्थको सेवनले मानवजीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापसमेतमा नकारात्मक असर पर्ने भएकाले मेला महोत्सवमा प्रयोजक नराख्न उहाँले आग्रह गर्नुभयो ।

सुर्तीजन्य पदार्थको (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने -नियमावली, २०६८ र सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१ जारी भएको छ । उक्त निर्देशिका बमोजिम सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा प्याकेजिङको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमा चित्र अङ्कित चेतावनीमुलक स्वास्थ्य सन्देश राख्न सम्बन्धित सवै सरोकारवाललाई अनुरोध गर्नु भएको छ ।

सुर्तीजन्य पदार्थ सम्बन्धि ऐन, नियमावली र निर्देशिकामा भएका प्रावधानले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन र दिर्घकालिन रूपमा सुर्तीजन्य पदार्थसँग सम्बन्धित रोग तथा मृत्युदर घटाउन र जनस्वास्थ्यमा सुधार गर्न योगदान पुर्याउने प्रवक्ता डा प्रकाश बुढाथोकीको भनाइ छ । मन्त्रालयले सुर्तीजन्य पदार्थ सम्बन्धि ऐन, नियमावली र निर्देशिकामा भएका व्यवस्थाको पालना नगरेको पाइएमा मन्त्रालयको ‘हेलो स्वास्थ्य कल सेन्टर १११५ मा दैनिक बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म तथा भाइवर, ह्वाट्अप नम्बर ९८५१३३०५९२ मा जानकारी गराउन अनुरोध गरेको छ । रासस

बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.