गैँडाकोट – गैँडाकोट सोमबार र मंगलबार (फागुन ५ र ६ गते) छातिको निःशुल्क एआई एक्सरे गरिने भएको छ । क्षयरोग मुक्त नगर बनाउने अभियानका लागि भोलि र पर्सी गैँडाकोटमा छातिको निशुल्क एआई एक्सरे गरिन लागेको हो ।
क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटाले खकार संकलन बाट क्षयरोगको पत्ता लगाउदैँ आएकोमा छातिको निःशुल्क एआई एक्सरे प्रबिधि भित्रिएकोले सोहि मेसिनले एक्सरे गर्ने बताउनुभयो । गैँडाकोट वडा नम्बर २ मा भोलि र वडा नम्बर ७ मा मंगलबार छातिको निशुल्क एआई एक्सरे कार्यक्रम हुने संयोजक सापकोटाले बताउनुभयो ।क्षयरोग सँगै छातिका अन्य समस्याबारे पनि थाहा हुने उहाँले बताउनुभयो ।
आर्थिक वर्ष ०७८–०७९ मा १ सय ८ जना क्षयरोगी देखिएका थिए भने ०७९–०८० मा १ सय २९ जना, ०८०–०८१ मा १ सय १६ जना र यो आर्थिक बर्षको हालसम्म ५२ जना क्षयरोगी देखिएका छन् ।