×
बिहीबार, जेठ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

लोकप्रिय समाचार

  • १. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ४. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ५. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ६. आज मिति २०८२ साल जेठ २३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ९. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • १०. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

गैँडाकोटमा फागुन ५ र ६ गते निशुल्क एआई प्रविधिबाट छातिको एक्सरे


गैँडाकोट नगरपालिकामा यही फागुन ५ र ६ गते क्षयरोग न्यूनीकरण तथा जनस्वास्थ्य प्रवर्द्धनका लागि निशुल्क एआई प्रविधिबाट छातिको एक्सरे गरिने भएको छ। “क्षयरोग मुक्त गैँडाकोट” अभियानअन्तर्गत अत्याधुनिक प्रविधिको प्रयोग गर्दै परीक्षणको व्यवस्था गरिएको हो।

अभियानका संयोजक नारायण सापकोटाका अनुसार यसअघि खकार संकलनमार्फत मात्र क्षयरोग पहिचान गर्ने प्रविधि प्रचलनमा रहेकामा अब छातिको एआई एक्सरे मार्फत परीक्षण गर्न लागिएको हो। गैँडाकोट वडा नं. २ मा फागुन ५ गते र वडा नं. ७ मा फागुन ६ गते निशुल्क एक्सरे सेवा उपलब्ध हुनेछ। गण्डकी प्रदेशका १९ पालिकामा सञ्चालन भइरहेको यो अभियान नवलपुर जिल्लामा गैँडाकोट र देवचुली नगरपालिकामा लागू गरिएको छ।

जनस्वास्थ्य निरीक्षक प्रकाश पोखरेलले यस परीक्षणबाट क्षयरोग मात्र नभई छातीसम्बन्धी अन्य समस्याहरूको पनि पहिचान गर्न सकिने जानकारी गराउनुभयो। निशुल्क परीक्षण भएकाले नगरपालिकाले सबै नागरिकलाई सहभागी हुन आग्रह गरेको छ।

नगरप्रमुख मदनभक्त अधिकारीले अत्याधुनिक मेसिनको प्रयोगबाट क्षयरोग परीक्षण हुन लागेको उल्लेख गर्दै आफूले पनि चेकजाँच गराउने बताउनुभयो। उहाँले नगरवासीलाई समेत अनिवार्य रूपमा परीक्षण गराउन अनुरोध गर्नुभयो।

यस अभियानलाई प्रभावकारी बनाउन गैँडाकोट नगरपालिकाले आज उपप्रमुख शान्ति कोइराला, स्थानीय जनप्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रमको सहजिकरण जनस्वास्थ्य निरीक्षक माधव आचार्यले गर्नुभएको थियो भने क्षयरोग मुक्त अभियान गण्डकी प्रदेशका संयोजक राजेन्द्र रानाभाटले प्रशिक्षण दिनुभएको थियो।

 

बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

लोकप्रिय

  • १.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ४.
    आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ६.
    आज मिति २०८२ साल जेठ २३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ६.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ७.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

  • ८.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.