• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ७. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ८. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ९. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

प्रेस चौतारी नवलपुरद्वारा पत्रकार पोखरेल र गुरुङ सम्मानित


 नवलपुर, २८ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा नवलपुरले आफ्नो अधिवेशन उद्घाटनका क्रममा राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार टेकराज पोखरेल ‘आनन्द’लाई सम्मान गरेको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विद्रोही गिरीले आफ्ना स्वर्गीय पिता कृष्णराज गिरीको स्मृतिमा स्थापना गर्नुभएको रु १० हजार राशिको ‘कृष्णराज गिरी विकास पत्रकारिता पुरस्कार’बाट राससकर्मी पोखरेल सम्मानित हुनुभएको हो । प्रमुख अतिथि गुरुङसहित, नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महत, प्रेस चौतारी नेपाका महासचिव हीरामान लामा, पुरस्कार स्थापनाकर्ता विद्रोही गिरी, प्रेस चौतारी नवलपुर अध्यक्ष शालिकराम कोइरालासहितले पोखरेललाई दोसल्ला ओडाइ प्रमाणपत्र र नगदबाट सम्मानित गर्नुभएको थियो । त्यस्तै, अधिवेशन उद्घाटनकै क्रममा लमजुङका पत्रकार आश गुरुङलाई रु १० हजार राशिको खोज पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हिमालदेव पंगेनीले आफ्ना स्वर्गीय हजुरबुबा कुलप्रसाद पंगेनी, स्वर्गीय हजुरआमाहरु कुन्तादेवी र कुविजा पंगेनीको स्मृतिमा स्थापना गर्नुभएको खोजपत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी गुरुङलाई सम्मानित गरिएको हो । अधिवेशन उद्घाटनका क्रममा पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले नकारात्मकलाई हटाउँदै सकारात्मक ढङ्गबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आज कावासोतीमा सुरु भएको प्रेस चौतारी नेपाल नवलपुरको सातौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै गुरुङले सरकारले अराजकता रोक्न सामाजिक सञ्जाल विधेयक ल्याएको बताउनुभयो । “सकारात्मकलाई अगाडि बढाउनुपर्छ, नकारात्मकतालाई हामीले चिर्नुपर्छ” उहाँले भन्नुभयो, “केही भएन भन्ने निराशा फैलाउने काम बन्द गरिनुपर्छ ।” गाउँ रित्तिए भन्दै नकारात्मकता बढाउनतर्फ मान्छेहरु लागीरहेको भन्दै गुरुङले गाउँ रित्तिएर नै शहरको विकास भएको बताउनुभयो । अहिले भएका नयाँ बजारको विकास र नयाँ केन्द्र स्थापना हुनु भनेकै गाउँ रित्तिनु भएको बताउनुभयो । निर्वाहमुखी कृषिमा आधारित अर्थतन्त्र अहिले भत्किएर समाजवादतर्फको अर्थतन्त्रमा अगाडि बढेको उहाँको भनाइ छ । “हामीहरु समाजवादको यात्रामा लाग्दैगर्दा गाउँहरु विकसित हुनु राम्रो कुरा हो” उहाँले भन्नुभयो, “पुरानो अर्थतन्त्र भत्किदै जानु भने मुलुकमा परिवर्तन हुँदै जानु हो ।” पुराना अर्थतन्त्र समाप्त भएर एउटा विशाल र समृद्धिको अर्थतन्त्रमा लिएर अगाडि बढ्ने राष्ट्रिय चाहना भएको उहाँको भनाइ छ । कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, सचिव शुष्मा पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी, नेकपा एमाले गण्डकी प्रदेश सदस्य विद्रोही गिरी, एमाले नवलपुर उपाध्यक्ष यमुनाथ आचार्य, प्रेस चौतारी नवलपरासीका संस्थाापक अध्यक्ष होमनाथ जैसी, एमाले नवलपुरका प्रचार विभाग प्रमुख सागर पोखरेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष रमेश बस्ताकोटी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरु तिलकराम रिमाल, हिमालदेव पंगेनी, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल, नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटालगायतले मन्तव्य राख्नुभएको थियो । प्रेस चौतारी नवलपुरका अध्यक्ष शालिकराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दयाराम आचार्यले स्वागत गर्नुभएको थियो ।

सोमबार, माघ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन
पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो
दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ६.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

भर्खरै

  • १.
    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

  • २.
    डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ३.
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • ४.
    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

  • ५.
    पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

  • ६.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ७.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.