• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

गैँडाकोटका कवि तथा चित्रकार गोविन्दराज विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी

नवलपुर: अर्बुद (क्यान्सर) रोगबाट पीडित नवलपुर गैँडाकोटका कवि तथा चित्रकार गोविन्दराज विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी गरिएको छ ।पेटको क्यान्सरबाट पीडित विनोदीको उपचार खर्च जुटाउने उद्देश्यले गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान र कलावती आर्ट काउन्सिलले संयुक्तरूपमा यही माघ १५ गतेदेखि चित्रकला प्रदर्शनी गरेको हो ।

विनोदीले लेख्नुभएका ४५ वटा कवितामा निर्माण गरिएको चित्रकलाबाट सङ्कलन भएको रकम उहाँलाई हस्तान्तरण गरिने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कलाकार भीम शर्माले जानकारी दिनुभयो । “सुरूमा हामीले विनोदीका २५ वटा कवितामा चित्र बनाउने भनेका थियौँ,” उहाँले भन्नुभयो, “पछि ४५ जना कलाकारलाई चित्र कोर्न आग्रह गरेपछि उहाँहरूले चित्र कोरेर पठाउनुभएको छ, चित्र बिक्रीबाट आउने सम्पूर्ण आम्दानी विनोदी सरको उपचारका लागि प्रदान गर्छौँ ।”

वरिष्ठ चित्रकार दुर्गा बराल ‘वात्सायन’, ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व उपकूलपति केके कर्माचार्य, वर्तमान कुलपति नारदमणि हारतमछाली, उपकूलपति लालकाजी लामा, कलाकारहरू सुनील सिग्देललगायतका कलाकारहरूले विनोदीको कवितामा आधारित भएर चित्र कोर्नुभएको शर्माले जानकारी दिनुभयो । प्रदर्शनीमा ५५ वटा चित्रहरू राखिएका शर्माको भनाइ छ । “प्रदर्शनीमा राखिएका चित्रमध्ये गैँडाकोट नगरपालिकाले २२ वटा चित्र तथा अन्य व्यक्ति र संस्थाले समेत चित्र खरिद गर्नुभएको छ,” उहाँले भन्नुभयो, “प्रदर्शनीमा राखिएका करिब ९० प्रतिशत चित्र बिक्री भइसकेका छन्, बाँकी चित्र पनि बिक्री हुने सम्भावना छ ।”

गैँडाकोट नगरपालिका–५ स्थित प्रज्ञा प्रतिष्ठानको जानकी ग्यालरीमा आयोजित चित्रकला प्रदर्शनीलाई सह–सम्बन्ध नाम दिइएको छ । चित्र र कविताको सम्बन्ध जनाउने उद्देश्यले प्रदर्शनीको नाम सह–सम्बन्ध राखिएको चित्रकार शर्माले बताउनुभयो । “चित्र र कविताको सम्बन्धले गर्दा चित्रकार र कविको बीचको सम्बन्ध हो र यो मानवीय सम्बन्धको कुरा हो” उहाँले भन्नुभयो, “विनोदीले लेख्नुभएको कविता चित्रकारलाई पठाएपछि उहाँहरूले कवितालाई अगाडि राखेर आफूमा आएको भावलाई चित्रमा उतार्न भनेका थियौँ, त्यहीअनुसार चित्र प्रदर्शनी गरिएको हो ।”

चित्रकला प्रदर्शनीमा क्यान्सर पीडित कवि एवम् चित्रकार विनोदीले कोर्नुभएको चित्रसमेत राखिएका छन् । चित्रकलामा प्रदर्शन गरिएका तस्बिर र तस्बिर कोरिएका कविताहरूको सङ्ग्रहको रूपमा पुस्तकसमेत प्रकाशन गर्ने तयारी गरिएको शर्माको भनाइ छ । कवि तथा चित्रकार विनोदीले उपचार खर्चबापत सिधै रकम लिन नमानेपछि उहाँसँगको सहमतिमा चित्रकला प्रदर्शनी आयोजना गरिएको शर्माले बताउनुभयो ।

प्रदर्शनीमा राखिएका चित्रहरू न्यूनतम रू २० हजारदेखि रू ४० हजार मूल्यका रहेका छन् । वरिष्ठ कलाकार र नाम चलेका कलाकारहरूले कोर्नुभएको चित्रको मूल्य धेरै राखिएको उहाँको भनाइ छ । चित्रको बारेमा बुझेका र कवि एवम् चित्रकार विनोदीप्रति सद्भाव राख्ने व्यक्ति एवम् संस्थाहरूले खरिद गरेको चित्रहरू प्रदर्शनी सकिएपछि हस्तान्तरण गरिने शर्माले बताउनुभयो ।

शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.