चितवन, माघ २३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिनका लागि चितवन आइपुगेका छन् । लामिछाने गएराति नै स्थलमार्ग हुँदै चितवन आएका हुन् ।
रवि आज बिहान १० बजे बयानका लागि अदालतमा उपस्थित हुने रास्वपा स्रोतले जानकारी दियो ।साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी वकीलको कार्यालय चितवनले हिजो रविसहित १५ जना व्यक्ति र छ वटा कम्पनी विरुद्ध अदालतमा पुरक अभियोग दायर गरेको थियो ।