Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटका करिब साढे तीन हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

नवलपुर, २२ माघ । नवलपुरको गैँडाकोटमा रहेका करिब साढे तीन हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । यहाँका ५६ वटा खोप केन्द्रबाट तीन जार चार सय ६६ किशोरीलाई एचपिभी खोप लगाउन लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
गैँडाकोट नगरपालिक भित्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तीन हजार ३१६ विद्यार्थी तथा विद्यालय बाहिर भएका एक सय ५० किशोरी गरी तीन हजार ४६६ किशोरीलाई खोप लगाउने तयारी गरिएको जनस्वास्थ्य निरीक्षक माधव आचार्यले बताउनुभयो । पालिकामा खोपको गुणस्तर कायम हुने गरी तयारी थालिएको भन्दै ५६ वटा खोप केन्द्रमा ६० खोप कार्यकर्ता एवम् १२० स्वयम्सेवक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । निःशुल्क प्रदान गरिने एचपिभी खोप आगामी वर्षदेखि नियमित रुपमा फागुन महिनामा विद्यालयका कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिरका १० वर्षका किशोरीहरुलाई लगाइने आचार्यको भनाइ छ ।
आचार्यले पाठेघरको मुखको क्यान्सरलाई रोकथाम गर्ने उद्देश्यले गैँडाकोटमा माघ २८ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । विश्वभर महिलामा लाग्ने क्यान्सरमध्ये ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) बाट हुने क्यान्सर चौथो नम्बरमा पर्ने आचार्यको भनाइ छ । हरेक दिन सात जनालाई यो रोग लाग्ने गरेकोमा चार जनाको यस रोगबाट मृत्यु हुनेगरेको उहाँको भनाइ छ ।
किशोरीहरुको बायाँ पाखुरामा एचपिभी विरुद्धको ‘सिकोलिन’ खोप शुन्य दशमलब पाँच एमएल लगाइने भन्दै आचार्यले यो खोप सुरक्षित भएकाले अभियानमा सबै किशोरीहरुले लगाउनुपर्ने बताउनुभयो । पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले नौ वर्ष अघि नै कास्की र चितवनमा यो खोपको सफल परीक्षण गरिसकेको आचार्यले बताउनुभयो । ह्युमन प्यापिलोमा भाइरसका कारण महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्ने र यसले मलद्वार, योनी र घाँटीको पछाडिको भागमा छिटो आक्रमण गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
महिलाको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि प्राथमिक चरणमा खोप, दोस्रो चरणमा परीक्षणबाट रोग पहिचान तथा तेस्रो चरणमा उपचार पद्धती रहेको आचार्यको भनाइ छ । ३० देखि ४९ वर्षसम्मका सबै महिलाले पाँच वर्षको अन्तरालमा पाठेघरको मुखको परीक्षण गर्नुपर्ने भन्दै आचार्यले गैँडाकोट नगरपालिकाको आधारभूत अस्पतालमा हरेक बिहीबार निःशुल्क रुपमा भिआईए परीक्षण गरिने बताउनुभयो ।

मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.