• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

सबैले आत्मविश्वासका साथ काम गरे नेपाल पछाडि पर्दैन: प्रधानमन्त्री

काठमाडौँ, माघ २१-  प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।

श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्र्ड स्कुलद्वारा आज आयोजित ‘युवा अन्तरक्रिया’ मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवालाई विश्व बजारको प्रतिस्पर्धी बनाउने सङ्कल्प पनि गर्नुभयो ।

“विदेशमा गएर नेपाली युुवाले अरूका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ,” विद्यार्थीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झन्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधीनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीलाई देशभक्तिलाई शिरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने सुझाव दिनुभयो । उहाँले विद्यार्थी अरूको बहकावमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउनुपर्नेमा जोड दिँदै युवाका लागि स्वदेशमै अवसरहरूको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाउनुभयो ।

नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारतलगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसियटिभको फ्रेमवर्क’ मा सम्झौतालगायत विभिन्न सहकार्य विस्तार भएको बताउनुभयो ।

नेपालको भलाइका लागि तपाईंले देखेको सबैभन्दा ठूलो सपना के हो रु भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै आफ्ने ठूलो सपना भएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीसमक्ष विद्यार्थीले उहाँका रूचिका विविध पक्षमा पनि प्रश्न गरेका थिए । रासस

सोमबार, माघ २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.