नवलपुर, १८ माघ । कावासोती–४ हसौरा मा रहेको कुमारी प्राविका विद्यार्थीहरुलाई आत्मरक्षा एवम् ट्राफिक सचेतनाबारे प्रशिक्षण दिइएको छ ।
सामाजिक विकास कार्यालयको समन्वयमा जिल्ला बाल क्लब नवलपुरले आयोजना गरेको कार्यक्रम दुईसत्रमा गरिएको थियो । विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा टेवा पुग्ने उद्देश्यसहित पहिलोसत्रमा क्लबकी सहसचिव ऋतु घर्तीले बालबालिकालाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिनुभयो । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी बरिष्ठ नायब निरीक्षक मिनबहादुर कुँवर र प्रहरी जवान खगेन्द्र सुनारले विद्यार्थीहरुलाई ट्राफिक सचेतना प्रदान गर्नुभएको थियो ।
जिल्ला बाल क्लब नवलपुरका अध्यक्ष शिशिर आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक क्लबका सदस्य अंकित पाण्डे रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा कुमारी विद्यालयका योजना तथा लेखा प्रमुख दीपक लाल श्रेष्ठ रहनुभएको थियो ।