• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

२८ महिनाको तलब नपाएको भन्दै माउण्ट एभरेष्ट ब्रुअरीका मजदुर आन्दोलनमा

माघ १७, चितवन । भरतपुर स्थित मदिराजन्य उत्पादन गर्ने माउण्ट एभरेष्ट ब्रुअरीका मजदुर तथा कर्मचारीले तलबको माग गर्दै आन्दोलन गरेका छन । उनीहरुले आज भरतपुरमा पत्रकार सम्मेलन गरेर २८ महिना देखिको तलब नपाएको भन्दै निरन्तर आन्दोलन र दबाब दिदै आएको बताए । एकबर्ष अघिसम्म बियर उत्पादन गरेको सो उद्योगले डेढसय भन्दा बढी मजदुर तथा कर्मचारीको तलब, सञ्चयकोष उपादान नदिएपछि उनीहरु आन्दोलनमा आएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै आन्दोलनका संयोजक माधव प्रसाद पौडेलले बारम्बार ताकेता गर्दा पनि तलब नपाएपछि आफूहरु आन्दोलनमा उत्रनु परेको बताए । ‘हाम्रो एकै व्यक्तिको तलब न्यूनतम १५ लाख भन्दा बढी छ । हामीले बारम्बार अनुरोध ताकेता गर्यौं । तर कम्पनीले कसैको पनि कत्तिपनि पैसा दिएन ।’ संयोजक पौडेलले भने ।

पौडेलले तलबको लागि श्रम तथा रोजगार कार्यालयमा उजुरी दिंँदा पनि हालसम्म माग सुनुवाई नभएको बताए । ‘हामीले श्रम कार्यालय हेटौंडामा पनि उजुरी दर्ता गरेका छौ। उद्योगको बैंक खातापनि रोक्का गरेका छौं । सबै निकायमा पनि दबाब दिदै आएका छौं । तर कुनै सुनुवाई भएको छैन ।’ पौडेलले भने । यो अवधिमा तीनजना मजदुर दुर्घटना र बिरामी भएर उपचार खर्च पनि नदिदा मृत्यु वरण गर्नुपरेको उनको भनाई थियो । उद्योगले तलब दिने आश्वासन दिएर अन्योल सिर्जना गरिंदिदा अन्यत्र समेत काम गर्न नपाएको र आफूहरुको दैनिकी समेत चलाउन धौधौ परेको उनले गुनासो गरे ।

आन्दोलनका सह–संयोजक सिताराम पुडासैनीले उद्योग लिलामी गरेर भएपनि आफूहरुको तलब पाउनु पर्ने बताए । कि लिलामी गरेर हामीले पाउनु पर्ने बक्यौता तलब पाउनु पर्यो । कित उद्योग सञ्चालन गरेर तलब नियमित गर्नुपर्यो ।’ पुडासैनीले भने । उद्योगले गर्नुपर्ने सम्झौता बमोजिम कार्यान्वयन गर्न गराउन उनले सरकारसंँग पनि आग्रह गरे । उद्योगले कर कार्यालयलाई तिर्न १ अर्ब भइसक्यो, विद्युतको विल ४५ लाख भन्दा माथि भइसक्यो होला । उनले भने, सरकारले यो संँगै हाम्रो गुनासोलाई पनि सम्बोधन गर्नुपर्यो र सरकारको राजश्व पनि उठोस भन्ने पनि हाम्रो चाहना हो ।’

भरतपुर महानगरपालिका वडा नम्बर १२ मा पांँच विघा क्षेत्रफलमा सञ्चालन हुंँदै आएको उक्त ब्रुअरी २०४७ बाट सञ्चालनमा आएको हो । यो उद्योगले शुरुमा सामिग्यल वियरको उत्पादन गर्दै आएपनि पछिल्लो बर्ष गोल्डेन टाईगर, एभरेष्ट वियर र राइनो वियर उत्पादन गर्दै आएको थियो । गतबर्षदेखि उद्योगको उत्पादन तथा बिक्री वितरण पूर्णरुपमा बन्द छ ।

बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.

  • ३.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ६.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.