• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन आँधीखोलाको पुल

स्याङ्जा : भीरकोट नगरपालिका-४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन ।भीरकोट-४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन ।

विसं २०७५ असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर दीपक विष्टले बताउनुभयो ।

उहाँका अनुसार सम्झौता भएको मितिले झण्डै तीन वर्षमा निर्माण सक्नुपर्ने उक्त पुल सात वर्ष पुग्न लाग्दा पनि निर्माण सकिएको छैन । तोकिएको समयमा पुल निर्माण नसकिएपछि तेस्रोपटक २०८१ मङ्सिरमा सक्नेगरी थपिएको समय पनि सकिएको छ । पटकपटक गरी तेस्रोपटक थपिएको समयावधि मङ्सिरमा सकियो, थप गरिएको समय सकियो तर पुल निर्माण सकिएन ।

निर्माण कम्पनीले भ्याटसहित रु १४ करोड २६ लाख ३७ हजार चार सय २० लागतमा निर्माण सक्नेगरी सम्झौता भएको थियो । एक सय २५ मिटर लम्बाइको पुल तीन स्पानको हुने इञ्जिनियर विष्टले बताउनुभयो ।

चालिस–चालिस मिटरको तीन स्पानमध्ये दुई किनाराका दुईवटा स्पान निर्माण सकिएको र बीचको एउटा स्पान र त्यहाँसम्म पुग्ने दुवैतर्फको पहुँचमार्ग निर्माणको काम बाँकी छ । पुलसम्म पुग्ने पहुँचमार्ग निर्माणका लागि पुलसँगै पर्खाल लगाउने काम अहिले भइरहेको छ ।

पुल दुवैतर्फ किनारामा फुटपाथसहित ११ मिटर चौडाइको हुने छ । निर्माण व्यवसायी चन्द्र थकालीले उक्त पुलको झण्डै ८० प्रतिशत काम सम्पन्न भएको दाबी गर्नुभयो । उहाँले पुलको धेरै काम सकिएको र अब दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कामदार परिचालन गरिएको बताउनुभयो ।

“पुलको दुवैतर्फको स्पान निर्माण भइसकेकाले अहिले बीचको एउटा स्पान निर्माणका लागि फिलिङको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “काम सक्ने लक्ष्यसहित कामदार लगाएका छौँ, दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने तयारीसहित अगाडि बढेका छौँ ।”

पुल निर्माणसँगै खोलाको दायाँबायाँ निर्माण गर्नुपर्ने पर्खाल निर्माण नगर्दा पनि वर्षाको समयमा आँधीखोलाले किनाराका खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गराएको छ ।बर्खामा यस ठाउँमा खोलाले डुबानमा पार्ने गरेको छ । हिउँदमा बाँसको फड्के बनाएर वा खोला तरेर वारपार गर्ने स्थानीय बर्खायाममा घुमाउरो बाटो हुँदै झोलुङ्गे पुलबाट वारपार गर्नुपर्छ ।

मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३.

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.