चितवन, माघ १२- चितवन रत्ननगरका शान्तमणि अधिकारी तीन दिनदेखी सम्पर्कविहिन भएका छन् । रत्ननगर नगरपालिका-१४ स्थित लौरीघोल देवी टोलका अधिकारी माघ १० गते दिउँसो १२ बजेदेखि सम्पर्क बिहिन भएका हुन् । उनको परिवारका अनुसार अधिकारी ना ३२ प ९२४५ नम्बरको कालो रङको सुपर स्प्लेण्डर मोटर साईकलसहित सम्पर्क विहिन भएका हुन् ।
अधिकारीले कालो ज्याकेट र टोपी लगाएका छन् । देख्नुहुने कोही कसैले नजिकको प्रहरी कार्यालय अर्थात मोवाईल नम्बर ९८५५०८००८३, ९८५५०६१५२८, ९८६५०१०५७६ मा सम्पर्क गरिदिनुहुन परिवारले आग्रह गरेका छन् ।