चितवन, माघ १२- जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक गौतम मिश्रको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा लिस्टमा गौतमको नाम पर्सा रहेको छ । यसभन्दा अघिका एसपि भावेश रिमाल रवि लामिछानको मुद्दामा विवादमा मुछिएपछि प्रहरी प्रधान कार्यालयले गौतमलाई काजमा चितवन पठाएको थियो ।
यस्तै चितवनमा राजन लिम्बु आउने भएका छन् । लिम्बु कर्णाली प्रदेश प्रहरी कार्यालय विरेन्द्रनगर आर्थिक प्रशासन तथा प्रवन्धक शाखाबाट चितवन सरुवा भएका हुन् ।