• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

शरदपुर माविद्वारा स्वर्ण महोत्सवका कार्यक्रम सार्वजनिक

चितवन, ११ माघ । चितवनको भरतपुरमा रहेको शरदपुर माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सवका कार्यक्रम सार्वजनिक गरिएको छ । विद्यालयले आज पत्रकार सम्मेलन गर्दै विविध कार्यक्रमसहित आगामी माघ २७ देखि फागुन १ गतेसम्म स्वर्ण महोत्सव गर्न लागेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक जगन्नाथ कँडेलले माघ २७ गते शोभायात्रा सहित सांस्कृतिक कार्यक्र, जातिगत भेषभूषा, आर्थिक सहयोग स्वघोषणा तथा कार्यक्रमको उद्घाटन गरिने बताउनुभयो । त्यस्तै माघ २८ देखि ३० गतेसम्म अन्तर आमा समूह हाजिरीजवाफ, अन्तर विद्यालय भलिबल, अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता, आर्थिक सहयोग स्वघोषणा, दानवीर सम्मान, पुरस्कार एवम् छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम, विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम गरिने अध्यक्ष कँडेलले बताउनुभयो ।

त्यस्तै, फागुन १ गते स्वर्ण महोत्सव सम्बन्धी औपचारिक कार्यक्रम, स्काउटबाट कवाज प्रदर्शन, सम्मान कार्यक्रम गरिने जनाइएको छ । आज नै उहाँले विद्यालयको स्वर्ण महोत्सवको लागि दुई लाख ५१ हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभयो ।

पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटाले विसं २०३१ मंसिर २६ गते स्थापना भएको विद्यालयलबाट हालसम्म एक हजार ८३५ विद्यार्थीले एसएलसी तथा एसइई, ४०६ जना विद्यार्थीले कक्षा १२ एवम् ४२ जना विद्यार्थीले प्राविधिक धारतर्फ उत्तीर्ण गरिसकेका छन् । विद्यालयले २०४६ मा कक्षा १० सम्म, २०६५ मा कक्षा १२ सम्म र २०७५ बाट प्राविधिक शिक्षा तथा व्यसायिक तालिम परिषद्बाट सम्बन्धन लिइ तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ र २०७६ बाट जियोम्याट्रिक्स इन्जिनियरिङको पढाइ सुरु गरेको सापकोटाले जानकारी दिनुभयो ।
विद्याललयमा हाल कक्षा १२ सम्म ७५० विद्यार्थी, प्राविधिक धारतर्फ ४६ विद्यार्थी, दरबन्दीमा २३ जना शिक्षक निजी स्रोतमा ६ जना शिक्षक एवम् सात जना कर्मचारी रहेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेलको अध्यक्षतामा एक हजार १ सदस्यीय स्वर्ण महोत्सव मूल समिति गठन गरिएको प्रधानाध्यापक सापकोटाले बताउनुभयो । त्यस्तै, १६ वटा उपसमिति तथा २१ सदस्यीय सचिवालय समिति गठन गरिएको छ ।
विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आर्थिक सहयोग स्व–घोषणा कार्यक्रम समेत गरिएको छ । स्वर्ण महोत्सवमा संकलित रकममध्येबाट खर्च कटाएर बाँकी रकम विद्यालयको अक्षयकोषमा राखी त्यसबाट आउने व्याजले तहगत रुपमा अपुग गणित र विज्ञान विषयका निजी स्रोत शिक्षक थप गर्ने तथा आइसिटीको माध्यमबाट गुणात्पक शिक्षा प्रदान गर्ने लक्ष्य रहेको प्रधानाध्यापक सापकोटाको भनाइ छ ।

शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.