• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

राइजिङ भरतपुर गोल्डकपको ट्रफी अनावरण


चितवन, ११ माघ । भोलि (शनिबार)देखि सुरु हुने राइजिङ भरतपुर गोल्डकप–२०८१ को ट्रफीको अनावरण गरिएको छ । प्रतियोगिता हुने ठाउँ भरतपुर–१० स्थित नेपाल प्रहरी शिक्षालयमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा ट्रफी अनावरण गरिएको हो ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको आयोजक चितवन ११ फुटबल क्लबका अध्यक्ष सुशील कार्कीले यस प्रतियोगिता चितवनको फुटबल विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो । चितवन जिल्लाकै सबैभन्दा ठूलो पुरस्करा राशिको फुटबल प्रतियोगिताको उद्घाटन खेल आबु खैरहनी गाउँपालिका र भरतपुर २४ खेलकुद विकास समितिबीच भोलि दिउँसो २ बजे हुने कार्कीको भनाइ छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै अध्यक्ष कार्कीले खेलको उद्घाटन बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले गर्ने बताउनुभयो ।
आठ वटा टिम सहभागी प्रतियोगिताको विजेताले उपाधिसहित सात लाख रुपैयाँ तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापङ्क्तिका खेलाडीलाई जनही १० हजार रुपैयाँ तथा प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ प्रदान गरिने कार्कीको भनाइ छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण टिम ११ युट्युब च्यानल तथा राइजिङ भरतपुर गोल्डकपको फेसबुक पेजबाट हुने कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ । यसैबीच, माघ १८ गते विभिन्न चार वटा टिमबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने आयोजकले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष कार्कीकाअनुसार नेपाल पत्रकार महासंघ चितवन, नेपाल प्रहरी शिक्षालय, चितवनका चिकित्सक र भरतपुर महानगरपालिकामा कार्यरत इन्जिनियरबीच मैत्रीपूर्ण फुटबल खेलाइनेछ ।
आयोजकले जारी गरेको खेलकुद तालिकअनुसार वैशाख १३ गते बागमती युथ क्लब सर्लाही र सूर्यपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै माघ १४ गते गैँडाकोट फुटबल क्लब नवलपुर र प्याराडाइज युवा क्लब चितवनबीच तथा माघ १५ गते सरस्वती युथ क्लब काठमाडौँ र नेपाल पुलिस क्लबबीच समूह चरणको प्रतियोगिता हुनेछ । त्यस्तै माघ १६ गते हुने पहिलो सेमीफाइनलमा माघ १२ गतेको विजेता र माघ १४ गतेको विजेता तथा माघ १७ गते हुने दोस्रो सेमीफाइनलमा माघ १३ गतेको विजेता र माघ १५ गतेको विजेताबीच प्रतिस्पर्धा हुनेगरी खेलकुदको समय तालिका सार्वजनिक गरिएको छ ।

शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.