• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

चितवनमा सर्वाधिक धनराशिको राइजिङ भरतपुर गोल्डकप हुँदै


चितवन, ५ माघ । चितवन जिल्लामै सर्वाधिक धनराशिको राइजिङ भरतपुर गोल्डकप–२०८१ हुने भएको छ । यही माघ १२ देखि १९ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपाल पुलिस क्लबसहित विभिन्न आठवटा टिमको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आयोजक चितवन ११ फुटबल क्लबका अध्यक्ष सुशील कार्कीले प्रतियोगितामा विजेता हुने टिमले उपापधिसँगै नगद सात लाख रुपैयाँ पाउने जानकारी दिनुभयो । त्यस्तै प्रतियोगिताको उपविजेताले तीन लाख पुरस्कार तथा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापङ्क्तिलाई १०–१० हजार पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । प्रत्येक खेलको उत्कृष्ट हुने खेलाडीलाई समेत पाँच लाख रुपैयाँ प्रदान गरिने कार्कीले बताउनुभयो ।
दोस्रो संस्करणको प्रतियोगितामा साविकको विजेता अठ्ठाइस बिघा फुटबल क्लबको भने सहभागिता नरहने भन्दै उहाँले प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लब, काठमाडौँको सरस्वती युथ क्लब, साविक उपविजेता तनहुँको आबु खैरहनी गाउँ पालिका, नवलपुरको गैँडाकोट फुटबल क्लब, चितवनकै सूर्यपुर फुटबल क्लब, प्याराडाइज युथ क्लब र भरतपुर २४ खेलकुद विकास समितिको सहभागिता रहने बताउनुभयो । प्रतियोगितामा स्थानीय टिमहरुको सहभागिता देखिए पनि खेल खेल्न भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको उपस्थिति रहने कार्कीले बताउनुभयो ।
भरतपुर १० स्थित नेपाल प्रहरी शिक्षालयको खेल मैदानमा हुने प्रतियोगितामा समूह चरणको प्रतियोगिता अवलोकनका लागि रु ५० सेमीफाइलनका खेलहरु अवलोकनका लागि रु १०० तथा फाइनल खेल हेर्नका लागि रु २०० टिकट दर कायम गरिएको छ । पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले खेलकुदको विकासका लागि सक्दो काम गर्ने बताउनुभयो ।
जिल्लामा खेलकुदका गतिविधि बढाउँदै युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्न प्रदेश खेलकुद विकास समितिसँग सहकार्य गर्दै काम गर्ने उहाँले बताउनुभयो । गत वर्ष भरतपुर च्याम्पियनशिप भनेर सुरु गरिएको प्रतियोगितालाई यसवर्षदेखि राइजिङ भरतपुर गोल्डकप नामाकरण गरिएको हो ।

शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.