• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

देवघाटलाई धार्मिक केन्द्र बनाउन देवघाटधामको पूर्णपरिक्रमा

नवलपुर, २९ कात्तिक । तीन जिल्लाको सिमानामा पर्ने पवित्र धार्मिकस्थल देवघाटमको पूर्ण परिक्रमा गरिएको छ । कात्तिक शुक्ल वैकुण्ठ चतुर्दशीको अवसर पारेर नेपाल सन्त समाजको आह्वानमा बिहीबार ‘देवघाटधाम गण्डकी परिक्रमा’ गरिएको हो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने देवघाट क्षेत्रले ओगटेको क्षेत्रलाई समेटर यस क्षेत्रभित्र पर्ने विभिन्न धार्मिकस्थल तथा मन्दिरहरुको परिक्रमा गरिएको देवघाटस्थित महेश सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजले बताउनुभयो । कालीगण्डकी र त्रिशूली नदीको बेणी सङ्गममा स्नान गरेर सुरु गरिएको परिक्रमाले तीनवटै जिल्लामा गरी २४ किलोमिटर दूरी पैदल यात्रा गरी देवघाटधामको पूर्ण परिक्रमा गरिएको उहाँले बताउनुभयो । “देवघाटको बेणी सङ्गममा स्नानपछि शालीग्राम भगवान्लाई शीरमा राखेर हामीले खालीखुट्टा नै गण्डकी परिक्रमा गरेका हौँ” उहाँले भन्नुभयो, “यस क्रममा तनहुँतर्फ देवघाट वेणीसङ्गम, विभिन्न मन्दिरहरु, चितवनतर्फ देवघाट, हरिहर मन्दिर, नवलपुरतर्फ गैँडाकोटाको पुल्चोक, लक्ष्मीनृसिंह दिव्यधाम, मौलाकालिका मन्दिर, देवघाट परिक्रमा गरी काली र त्रिशूलीको बेणी सङ्गमा पुगेर परिक्रमा पूरा ग¥यौँ ।”
सम्पूर्ण तीर्थहरुको पनि तीर्थ देवघाट भएकाले विश्वमाझ यसको महिमा उजागर गर्न र देवघाटधामलाई धार्मिक केन्द्र बनाउँदै धार्मिक पर्यटनको प्रवद्र्धन गर्नका लागि ‘देवघाटधाम गण्डकी परिक्रमा’ महोत्सव गरिएको उहाँले बताउनुभयो । उक्त कार्यक्रमअन्तर्गत तनहुँतर्फ देवघाटको वेणीसङ्गम, गलेश्वर आश्रम, चक्रवर्ती आश्रम, महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम, गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रिनाथ मन्दिर, मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम को परिक्रमा गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै चितवनतर्फ देवघाटको सङ्कल्पेश्वर महादेव मन्दिर, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, योगी नरहरिनाथ आश्रम, गौशाला, वागीश्वरी मन्दिर, गौरेश्वर पशुपतिनाथ मन्दिर, नारायणगढको हरिहर मन्दिर परिक्रमा गरिएको उहाँको भनाइ छ ।
नवलपुरतर्फ गैंडाकोटको पुलचोकमा रहेको गोपेश्वर महादेव मन्दिर, मौलाकाली भगवती मन्दिर, सुकदेव भागवत आश्रम, रमानुज वेद विद्याश्रम, राधाकृष्ण मन्दिर, लक्ष्मीनृसिंह दिव्यधाम मन्दिरको परिक्रमा गरिएको उहाँको भनाइ छ । बिहान देवघाटधामबाट निस्किएको परिक्रमा टोलीलाई नवलपुरका विभिन्न ठाउँमा स्थानीयले स्वागत गरेका थिए । देवघाटधामको पूर्ण परिक्रमाबाट दुर्लभ देवादिहरुको पूजन, सिद्ध हरिहर क्षेत्रको भ्रमण, धार्मिक नगरी गैँडाकोटको अवलोकन, प्रसिद्ध मौलाकालिका भगवतीको दर्शन, रमणीय पर्वतको परिक्रमा, धार्मिक पर्यटनको प्रवद्र्धन र वैदिक सनातन धर्मको प्रचार हुने उहाँले बताउनुभयो ।
चालीस वर्ष अगाडि सुरु भएको देवघाट परिक्रमा बीचमा केही वर्ष रोकिएकोमा विगत तीन वर्षदेखि नियमित रुपमा कात्तिक शुक्ल चतुर्दशीका दिनमा सञ्चालन गरिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो । पवित्र देवघाटधाम र गण्डकी सङ्गममा स्नान, जप, तप, न्यास, ध्यानादी कार्य मोक्ष प्राप्त हुने तथा मृत्यु पश्चात् यसै क्षेत्रमा अन्तिम संस्कार भएमा मुक्ति प्राप्त हुने हिन्दु धर्मको पौराणिक मान्यता भएको र विभिन्न धार्मिक ग्रन्थमा देवघाटधामको महिमा उल्लेख भएको पौडेलको भनाइ छ ।
देवघाटधाम परिक्रममाका अवसरमा देवघाटका सन्तमहन्तहरु, क्षेत्र विकास समितिका पदाधिकारीहरु, गुरुकुल एवम् विद्यालयका विद्यार्थीहरु, जनप्रतिनिधिहरु एवम् कर्मचारी तथा वैदिक सनातनी गरी करिब दुई हजारको सङ्ख्यामा सहभागिता रहेको पौडेलले बताउनुभयो ।

सोमबार, पुष २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.